हरितालिका तिजको अवसरमा बेलायतको बर्मिङघममा त्रीदिवसिय धार्मिक एवं सांस्कृतिक कार्यक्रम हुने

युकेको मिडल्यान्ड स्थित बर्मिङघममा यहि सेप्टेम्बर 2 देखी 4 तारीख सम्म तिज महोत्सव धार्मिक सत्सङ्ग कार्यक्रम हुने भएको छ । श्री पशुपतिनाथ मन्दिर शनीधाम युकेको आयोजनामा हेने उक्त कार्यक्रममा धार्मिक अभियान्ता विदुषी सपना देवी माताले हरितालिका तिजको धार्मिक पक्ष एवं बैज्ञानिक महत्व विषयक आध्यात्मिक दार्शनिक प्रवचन दिने छिन् ।

साथै उहाँकै साथमा ख्यातिप्राप्त भजन कलाका केदार तिमल्सिना एवं चर्चित गित घन्काइदेउ मादलु बोलको तिज गितको गायिका बबिता सिटौला एवं वाध्यवाक बिनोद सिटौला सहितको टोलि बाट विभिन्न भक्ति संगित भजन तथा गित समेतको बेजोड प्रस्तुति रहने छ । हामी नेपालीहरुले मनाउने सबैजसो चाडपर्व वैदिक, धार्मिक एवं बैज्ञानिक तवरले समेत महत्वोपुर्ण भएकोले यसको वास्तविकता बुझ्न् आवश्यक रहेको बताउँदै अन्य बर्ष भन्दा अलि पृथक तिज विशेष कार्यक्रम हुने मन्दिर अध्यक्ष श्री खेम कुमार बस्यालले जानकारी दिनु भयो ।

कार्यक्रम उद्घाटन एवं कलश यात्रा सेप्टेम्बर 2 तारीखका दिन बिहान ९:०० बजे विभिन्न मौलिक बाजागाजा र झांकि सहित मन्दिर परिसरमा परिक्रमा गरि सुभारम्भ हुने ब्यवस्थापक श्री रामचन्द्र अधिकारी ले बताउनु भएको छ । त्येस्तै कार्यक्रममा शान्ती नेपाली समाज युके लगायत अन्य संघ संस्थाको पनि सहभागी रहनेमा आयोजक परिवार विस्वस्त रहेको छ । उक्त महोत्सवमा ScotNepal.com, लण्डन नेपाल न्युजको तर्फ बाट विशेष प्रसारण रहने छ ।

गायिका बबिता सिटौलाको सबैलाई मन्द्र मुक्त बनाउने भजन सबैले श्रवण गरौं | Babita Sitaula


घन्काइदेउ मादलु