एनआरएन यूके अध्यक्षको दोबदारी छोडेर आइसिसी सदस्यको उम्मेदवारी दिन लागेका ललितकुमार न्यौपानेलाई हाम्रो प्रश्न : महिनौंसम्मको अध्यक्ष लड्ने हल्ला के बार्गेनिंगकै लागि हो त ?

स्कटनेपाल युके,

बेलायतमा अहिले एनआरएनएको चुनाबी माहोल एकाएक ताती रहेको छ। एनआरएन यूकेको चुनावी मैदानमा वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेका ललितकुमार न्यौपानेले अबको आइरहेको चुनावमा आइसीसी सदस्यमा उम्मेदवारी दर्ता गरेको जानकारी आएको छ।

पत्रकार धुर्ब अर्याल संगको बिशेष अन्तरबार्तामा एनआरएन यूके अध्यक्षको दोबदारी छोडेर आइसिसी सदस्यको उम्मेदवारी दिन लागेका ललितकुमार न्यौपानेलाई प्रश्न : महिनौंसम्मको अध्यक्ष लड्ने हल्ला के बार्गेनिंगकै लागि हो त ? हेर्नुहोस पुरा भिडियो विस्तृत जानकारी सहित ।

को हुन् त् ललितकुमार न्युपाने उनकै आफ्नै शब्दमा जानकारी लिनु होला ।

ललितकुमार न्यौपाने आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ : एन आर एन ए को संसारभरी हुन् गैरहेको निर्वाचनको सन्दर्भमा
एन आर एन ए आई सी सी का फाउन्डर प्रेसिडेन्ट उपेन्द्र महतो ज्युले बार बार भन्ने गर्नु भएको एन आर एन ए लाई २ बर्षमा चुनाबको बेला २ महिना बचाउन गाह्रो हुन्छ, किनकी चुनाब आफ्नो पक्षमा पार्ने सुरमा सामाजिक सद्भाव बिथोलिने , आपसी मनमुटाब हुने , बिभिन्न खाले बेथिति ल्याई झै झगडा हुने , अधिक खर्च गर्ने ,काम गर्ने सक्ने योग्य मानिस बाहिरिने , समय दिई काम गर्न नसक्ने मानिस आई सस्थाको काम राम्रो संग नहुने आदि कुरा यहि बेला हुने भएकोले यो पूर्ण सामाजिक सस्था यहाँ बाट आत्म सन्तुस्टी बाहेक केहि लिन पाइदैन २ बर्ष फुल टाइम स्यंसेबक भै गोजीको खर्च गरी समाज सेवा गर्नु पर्ने हुन्छ ।
साथै अलिकति पनि समाज लाई योगदान नगरी जित्ने पर्याप्त आधार नभई समय दिन नसक्ने साथीहरु अरुले प्यानलमा हालेर जिताई देलान भनेर आफ्नो पैसा र समय खर्च नगरे राम्रो होला किनकी गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिले ‘ ‘प्यानल खडा गरी अरुको लागि भोट मागी प्रचार गर्न नपाइने ‘ निर्वाचन सम्बन्धि कडा आचार संहिता जारी गरेको छ ।आचार संहिता उल्लघन गरे उम्मेदवारी खारेज समेत हुन् सक्ने भएकोले संसारभरका एन आर एन अभियानका सबैले ले धर्यता पुर्बक ,सोच विचार गरी यी कुराहरु मनन गरी आफ्ना कदम हरु अघि बढाउन बुद्धिमता ठहरिन्छ ।

हेरौ भिडियो :