राजधानी दिल्लीमा सालिमे रेसुङ्गा टुर एण्ड ट्राभल्स द्वारा तीज तथा सामुहिक दरखाने कार्यक्रम सम्पन्न

भरत पौडेल
आइतबार १८ अगस्त २०१९ को दिन सालिमे रेसुङ्गा टुर एण्ड ट्राभल्स र अप्सरा यातायात द्वारा संयुक्तरूपमा राजधानी दिल्लीमा तीज तथा सामुहिक दरखाने कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ । सालिमे रेसुङ्गा टुर एण्ड ट्राभल्स भारत शाखा संचालिका श्रीमती करिश्मा महतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति श्रीमती सीता अधिकारी, विशिष्ट अथितिमा शिक्षिका, लेखिका तथा गायिका श्रीमती सिन्धु पोख्रेल, समाजसेवी हुमकला खड्का, बिमराज पौडेल (प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समिति सचीव ) र साउथ एशिया यूनिवर्सिटीका प्राध्यापक (डाक्टर) युबाराज पोख्रेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरू सहित समाजसेवीहरुको सहभागीता रहेको थियो । “द बोर्न-इन नेपाल युथ क्लब” का अध्यक्ष सुबास बस्नेत द्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य सालिमे रेसुङ्गा टुर एण्ड ट्राभल्सका प्रतिनिधि गोकुल कुवरले दिदै महिलाहरुको महान चाड हरितालिका तीजको शुभकामना सन्देशका साथै भारत प्रवासमा महिलाहरुको संघर्ष, उनको योगदान र महिलाको प्रतिनिधित्वमा सहकार्य गर्दा आफुलाई गर्व महसुस गरेको बताए दिएका थिए। ७६ वर्षीय आदरणीय आमा भुमा अर्याल र नेपाली समाजलाई सामाजिक र आर्थिक सहयोग गर्दै आउनु भएकी ९१ वर्षीय भारतीय आमा उमा रतुरीको उपस्थिति कार्यक्रमको मुख्य आकर्षण रहेको थियो ।

राजधानी दिल्लीको वातावरण आउदै गरेको तिजले तरंगित भएको छ र सालिमे रेसुङ्गा टुर एण्ड ट्राभल्स प्रा लि र अप्सरा यातायातको संयुक्त आयोजनामा सम्पन्न पहिलो “हरितालिका तीज २०७६” तथा दर खाने कार्यक्रम मुख्यत् महिलाहरुलाई केन्द्रित गरि महिला आमा दिदि बहिनीहरुलाई मंच तथा मान सम्मानका साथै सम्पूर्ण सेरोफेरोमा महिलाहरुलाई नै केन्द्रित गरिएको थिए । वर्तमान परिवेसमा ठुलो लगानीका साथ नेपाल देखि गायक-गायिका तथा नायिकालाई आमन्त्रित गरि टिकट सिस्टम मार्फत कार्यक्रम गर्ने चलनको विपरित प्रवासमा भएको प्रतिभालाई प्रोहात्सान गर्दै महिलाहरुले आफै तीज गीत गाउने, बजाउने नाच्ने गाउँघरमा वर्षो देखि मौलिकता झल्किने नृत्यलाई दोहराउदै पहल देखिएको छ । महिलाहरुलाई मिठो पकवानका साथै नाच गानको बिशेष व्यवस्था गरिएको थियो ।

खुम बहादुर अधिकारी द्वारा भारत प्रवासमा स्थापित गरिएको सालिमे रेसुङ्गा टुर एण्ड ट्राभल्सलाई वर्तमान समयमा श्रीमती करिश्मा महत, श्री योगराज अर्याल र श्री गोकुल कँवर द्वारा संचालन गरिएको छ । ट्राभल्सले भारत प्रवासमा नेपाली कलासंस्कृतिलाई प्रचार प्रसारमा हातेमालो गर्ने उद्श्यले कार्यक्रम आयोजना गरेको ट्राभल्स संचालिका करिश्मा महतले जानकारी दिएकी हुन्। यस कार्यक्रमको व्यवस्थापनमा ट्राभल्स संचालक सदस्य तथा प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समिति सचिवालय सदस्य योगराज अर्याल र “द बोर्न इन नेपाल युथ क्लब” को बिशेष योगदानका साथै हेल्प फोर नेपाल संघ दिल्लीको स्वयं सेविकाको भूमिका रहेको थियो । कार्यक्रम समापनमा संस्थाको तर्फ देखी बोल्दै योगराज अर्यालले सम्पूर्ण महिला चेली बेटीहरुलाई तीज को अग्रीम शुभकामना दिदै कार्यक्रममा उपस्थित राजनीतिक व्यक्तित्व, समाजसेवी, राजधानी दिल्लीमा कार्यरत संघ संस्था, पत्रकार र दर्शकहरु प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिएका थिए ।