रबि लामिछानेको समर्थनमा गएर फोटो खिच्दा श्रीमानले घरबाट निकालीदिन्छु भनेपछि यी महिला मिडियामा

पत्रकार रबि लामिछानेको समर्थनमा पुगेर सेल्फी खिची बिबादमा आएकी एक महिला मिडियामा आएकी छिन।सामाजिक संजालमा आफ्नो फोटो भाइरल भएपछि फोटोमा आएको छाडा शब्द सहितको गालि कमेन्टले मर्नुं न बाच्नु बनाएको भन्दै उनि मिडियामा आएकी हुन्।श्रीमानको समेत गालि खानु परेको भन्दै उनले आक्रोश पोखेकी छिन।एता जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।भिडियो हेर्नुहोस :