रबि–सालिकराम प्रकरण ः रविको पक्षमा पोखरामा चर्काचर्की, गृहमन्त्रीको राजिनामा माग (भिडियो)

पत्रकार रबि लामिछाने सहित तीन जनालाई अदालतले पाँच दिनको म्याद थप गरेपछि उनका सर्मथकहरु झन आक्रोशित भएका छन् । चितवनमा ठूलो मात्रामा भीड जम्मा भएको छ भने देश भरका सहरहरुमा रबिको पक्षमा वकालत गर्दै बिभिन्न कार्यक्रमहरु भईरहेका छन् । यता पोखरामा पनि रबि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शन भयो । रबि लामिछाने सर्मथकहरुको आयोजनामा बिभिन्न सामाजिक अभियान्ताहरुले रबिको समर्थन र वर्तमान सरकारको खुलेरै बिरोध गरे । गृहमन्त्री रामबहादुर थापाले तत्काल राजिनामा दिन समेत उनीहरुले माग गरेका छन् । पत्रकार पुडासैनीले अरुको दबाबमा भिडियो बनाएको र अन्य व्यक्तिले नै ह*त्या गरेको हुनाले रबि निर्दोष रहेको उनीहरुको ठहर छ । हेरौं यो भिडियो ।