यी हुन्, स्वास्नीलाई खुर्पाले छप्काउने लोग्ने, कोठामा रगतको खोलोे (स्थलगत रिपोर्ट)

दिनभरी काम गरेर बेलुका संगै खाना खाएर सुतेका श्रीमान श्रीमती केही समयमै घटना घट्छ । केही ठोकीएको जस्तो आवाज आमाले सुन्छिन् र तल झर्छिन् तर त्यतीबेला सम्म बुहारीको प्राण गईसकेको हुन्छ । घटना हो, गोरखा जिल्लाको । गोरखा नगरपालिका वडा नं। ९ का २१ बर्षिय याकुब परियारले १८ बर्षिय श्रीमती पुजा परियारलाई धारिलो हतियार खुर्पाले घाँटीमा प्रहार गरेर हत्या गरेका छन् ।
शरिरमा धेरै ठाउँमा चोट लागेको र घाँटीमा गहिरो चोट र अत्याधिक रगत बग्नाले घटना स्थलमै मृत्यु भएको हो । त्यती ठूलो घटना हुँदा पनि परिवारले थाहा नपाएको र आमाले केही झरेको जस्तो ठानेर हेर्न जाँदा छोरा हातमा खुर्पा लिएर बसेको बताएकी छन् । गत मंसिरमा मात्र उनीहरुको बिबाह भएको थियो । पारिवारिक सम्बन्ध अत्यान्त राम्रो भएको स्थानीयले बताए पनि के कारणले श्रीमान्ले खुर्पा प्रहार गरेका हुन् त्यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ ।