अधिकारकर्मी सरु सुनार हङ्गकङ्ग नेपाली अल्पसंख्यक महिलाहरुलाइ एकता गर्न बिहिवार हङकङ जाँदै

नेपाली समाजको जातीय छुवाछूत , बिभेद विरुद्ध सशक्त प्रतिकार गर्दै पीडितहरुको न्यायको लागि गाउँ गाउँ पुगि न्याय दिन सफल दलित आन्दोलन र सिङ्गो समुदायको पीडितको लागि न्यायको अदालत नै बनेकी संचारकर्मी तथा अधिकारकर्मी सरु सुनार यहि बिहिवार अगस्ट २२ मा हङकङ जाने भएकी छिन ।
स्कटनेपाल सग कुरा गर्दै सरुले भनिन् ।

मलाई ठुला-ठुला देश घुम्ने रहर छैन र होईन पनि मेरो समुदायका दिदिबहिनी दिन दिनै धारा , पधेरामा पानी छोएको निहुँमा कुटिएका छ , टाउको फुटेको छ , हड्डी तोडिएको छ ।
ती पीडित सम्म पुग्न निकै असहज र चुनौती छ त्यसैले कम पुग्छन् हाम्रा मान्छेहरु , तर मलाई आफ्नो जिबन भन्दा प्यारो ती पीडितहरुको पीडा महत्त्वपूर्ण भएको छ र दुखेको छ नेपालमा मलाई ती पीडित सम्म पुग्न न्याय दिलाउन हिडदा र घटना लिदा फुर्सद नै छैन ।
र दलितका नामबाट डकुमेन्ट्री बनाएर बिदेश गएको पनि छैन र हैन पनि ।

हङकङमा नितान्त दलित समुदायका दाजुभाइ र दिदीबहिनीहरुले गर्न लागेको र वहाँहरुले निम्तो गरेको हुँदा , दलित भित्र दलित महिलाको अबस्था र महिला भित्र दलित महिलाको अबस्था राम्रोसग बुझेकी छु र भोगेकी छु त्यसैले तिज विशेष हङकङका दिदीबहिनीहरु बिच हुने कार्यक्रममा यहि मुद्दा लिएर एउटा मेसेज दिन जान लागेकी हु।

कार्यक्रम यही आउँदो 24 ऑगस्ट 2019 मा हङ्गकङ्ग नेपाली अल्पसंख्यक संगठनले नेपाली दिदी बहिनीहरुको विशेष चाड हरि तालिका तीज कार्यक्रम आयोजना गरेकोन्र इन्डिया क्लब जोर्डन मा साँझ 7 बजे बाट मनाउने कार्यक्रमलाई म सम्बोधन गर्न जान लागेको हो ।
नेपालबाट मात्र नभइ जातीय भेदभाव र छुवाछूत विरुद्ध बिश्व भरिबाट नै एक हुनुपर्छ भन्ने मेरो बुझाइ हो ।