दैलेखमा जातीय विभेद गर्ने फरारलाई कस्टडिमा हाले पछि सरु सुनारलाई सुर्खेतमा भब्य स्वागत

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आज उनले ‘दैलेखमा जातीय विभेद गर्ने फरारलाई कस्टडिमा हाले पछि सरु सुनारलाई सुर्खेतमा भब्य स्वागत भएको जानकारी ’ उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्।

यो संमान सुर्खेतमा यो यात्रा र यो काम यति सहज थिएन , यो एउटा चुनौती र आफ्नो सुरक्षाको पनि जोखिम थियो ।

बिगत ४ महिना देखि जातीय विभेद र छुवाछूत पटकपटक र कुटाइ खाएकी एक निरीह दलित महिला लछिमा बिक जुन दैलेखको नारायण गाउपालिका १० भवानीमा मजदुरी गरि खान्छिन । आफ्नो जिबनसाथि बोल्न नसक्ने अपांग भएको हुँदा उनले यो घटनामा साथ पाउन सकिनन् ।

बैशाख १० गते सोही गाउकी राजकुमारी न्यौपानेले लछिमा बिक गहु काटेर सिधै धारामा पानी पिउन जादा त कमेनी , डुमेनी धारा छोइन्छ त सानो जात भनी लछिमा कै ढाडको खुर्पेटोमा रहेको हसियाले लछिमालाइ पशुलाइ काटे जस्तै टाउको र शरीर भरी काटेकी थिइन ।

४ महिनासम्म छुवाछूतको जाहेरी जिल्ला प्रशासनमा दर्ता हुँदा पिडक महिला फरार बनाएर त्यहाँका राजनीतिक दबाब र हस्तक्षेप र लछिमा बिकको लागि बोलिदिने र साथ दिने कोहि नहुदा उनले न्याय पाउन सकेकी थिइनन् ।सायद आइजिपी सर्बेन्द्र खनालले दैलेख जि. प्र. कामा फोन गरि आदेश नदिएको भए यो सम्भब थिएन ।

साथ सबैको थियो तर यो हिम्मत र साहस जुटाउन म संजालको नेतृत्व गरि आइजिपिलाइ अनुरोध गर्न पुगे । र यात्रा दैलेखको तय गरि पीडित समक्ष पुगियो पनि । पिडकको श्रीमानलाई कस्टडिमा राखे पछि तीन घन्टामै ४ महिना देखि फरारलाई सुर्खेतबाट गिरफ्तार गरि कस्टडिमा राजकुमारी न्यौपानेलाई राख्न सफल भइयो ।

लगत्तै सुर्खेतको यात्रा तय गर्दा मैले नसोचेको संमान र माया पाए । सन्चारकर्मी टेकेन्द्र बिकले एउटा भेटघाट कार्यक्रम राख्नु भए छ ।
जहाँ दलित सेवा सघ र सुनचादी ब्यबासयी संघ लगायत धेरै संघ, सस्थाबाट दाजुभाइ दिदीबहिनीको आउनु भएको थियो ।
झोला झोलामा खादा लिएर सरु दिदिको कामलाई संमान भन्दै सामाजिक संजालमा मात्र देखेको र प्रत्यक्ष देख्न पाइयो भन्दै उत्साहित दिदिबहिनीको भिडले एउटा उर्जा र उहाँहरुको माया र संमानले थप जिम्मेवारी महसुस भएको छ ।
अधिकास उपस्थित दाजुभाइ दिदिबहिनीले सरु सुनारको अभियानमा साथ दिन तयार र दलित मुक्तिको लागि मर्न तयार छौ भन्दै अब छुट्टै आन्दोलन र युथ फोर्स तयार गर्नुस् भन्दै ऎकबद्दता ब्यक्त गरेका थिए ।

प्रदेश सासद दान सिङ परियार लगायत जनप्रतिनिधि महिला र शिक्षक , बुद्धिजिबिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
संजाल उपसयोजक कमला नेपाली र मलाई दोसल्ला ओढाइ संमान गर्नु हुने यो अबसरमा आभारी छु ।

आफ्नो भोगाइ जातीय छुवाछूतका घटनामा न्यायको लागि हिडदा पाएका अफ्टरा र चुनौती सबै सेयर गर्न पाउँदा र सुर्खेतको यो उत्साह र यो ऎकबद्द्ताले एउटा उर्जा थपिएको छ ।

तपाईंहरुले गरेको संमान मेरो लागि जातीय बिभेद विरुद्ध लडन अझै थप प्रेरणा मिलेको छ ।

सस्था र पाटीका कुनै बिधान र नीति होलान् तर त्यो भन्दा बढी माथी उठेर विभेद विरुद्ध हामी साझा बन्न सक्नु पर्छ र पहिलो प्राथमिकता यहि मुद्दा बन्नु पर्छ मेरो मान्यता हो धेरै सस्थामा नेतृत्व गरेकी छु , मिडिया चलाएकी छु तर त्यो भन्दा माथी मेरो लागि मेरो समुदायको पीडा र अन्याय हो त्यसैले आज मलाई कुनै सस्थाको परिचयले चिन्दैनन र स्वीकार पनि गर्दैनन् मात्र दलित अभिन्याता भनी चिन्छन र मान्छन् तपाईंहरु सबैले दिएको यो नाम नै मेरो जिबनको लक्ष्य भित्रको जिम्मेवारी हो ।

यो संमान कुनै सस्था र ब्यक्तिको परिचय भन्दा माथिको मुल्यांकन गरि दिनु भएको हुदा पनि मेरो लागि यो जिम्मेवारी बोध भएको छ ।
( saru sunar)