तपाईको भाग्य भदौ १ देखि फागुन ६ गते सम्म (सन् २०१९ अगस्त १८ देखि २४ सम्म) राशिफल (भिडियो सहित)

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)+९७७– ९८४२२१९७३५

साप्ताहिक राशिफल २०७६ (सन् २०१९ अगस्त १८ देखि २४ सम्म) सर्वप्रथम यो साता भरि पर्ने महत्वपुर्ण पर्व तथा दिनहरु
भदौ १ गते– भाद्र संक्रान्ति, वल्के पर्व, कीर्तिपुरमा बागभैरव यात्रा ।
भदौ २ गते – विश्व फोटोग्राफी दिवस । भदौ ३ गते – बिरुडा पञ्चमी, डाँछि कोलमतिघाटस्नान, ललितपुरमा नरसिंहयात्रा, महाँलक्ष्मीव्रतारम्भ, राधाजिको जन्मोत्सव, थकाली फालोपर्व रहेको छ।
भदौ ४ गते – कुनै महत्वपूर्ण पर्व वा दिन परेको छ। भदौ ५ गते – अमुत्ताभरण सप्तमी, गौरा सप्तमी। भर्दाै ६ गते – श्रीकृष्ण जन्माष्टमी व्रत, अष्टमी व्रत, मोहरात्री, गौरा पर्व, गोरखकाली पुजा । भदौ ७ गते – श्रीकृष्ण यात्रा, रामेछाप चिसापानी हिलेजात्रा, पाल्पा तानसेनमा नारायणी भगवती यात्रा, डोटि सिलगढी मष्टाजात, विराटनगरमा राधाकृष्णरथ यात्रा

मेष राशि – मेष राशिका लागि साता आईतबार र सोमबार अनावाश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। आफ्ना नातेदार सँग रमाइलो कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुनेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

वृष राशि –वृष राशिका लागि यो साता को शुरुवातको दिन आईतबार र सोमबार लाभ स्थानमा चन्द्रमा को गोचर रहने हुनाले व्यापार व्यावसाय बाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने विना अर्थका यात्राहरु हुन सक्नेछन। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । आफ्ना बालबच्चाको विषयलाई लिएर केहि चिन्ता बढ्न सक्नेछ । तर बिहिबार देखि भने चन्द्रमाको गोचर शिरमा रहने हुनाले दिनहरु शुभ रहनेछन । परिवार मा मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

मिथुन – साताको शुरुमा चन्द्रमा को गोचर कर्म भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यावसायमा सफलता मिल्ने देखिन्छ । साताको उत्तरार्ध दिनहरु भने केहि कमजोर देखिए पनि अन्य दिनहरु शुभ रहेका छन। साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

कर्कट राशि – कर्कट राशिका लागि यो साता शुभ रहेको छ । नवम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यावसाय बाट आर्थीक अवस्था सबल रहने देखिन्छ । व्यापार व्यावसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । जसले मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जिवनमा सामान्य समस्या हरु देखिन सक्नेछन । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ। यो साता ग्रहको शुभ प्रभावका लागि आफ्ना कुल पित्रीहरुको आराधना गर्नु उत्तम हुनेछ ।

सिंह राशि – सिंह राशिका लागि साता मिश्रित रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने। खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधिहरुले समस्या उठाएर समस्यामा पार्न सक्नेछन । व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । तर मंगलबार देखि भने दिनहरु शुभ रहनेछन । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्ना बालबच्चा सहित पारिवारिक भ्रमण मा गएर रमाइलो वातावरण कायम हुन सक्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान सुर्य लाई जल चढाउनु एवं सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।

कन्या राशि – साताको शुरुमा सप्तम भाव मा चन्द्रमाको प्रभाव रहने हुनाले रमाईलो एवं मनोरञ्जन का लागि धन र समय लगानी हुने देखिन्छ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ । यो साता गरगहना, डिजायन तथा डेकोरेशन सँग सम्बन्धित बस्तु तथा सेवाको कारोबार बाट बढि लाभ हुने देखिन्छ । आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि गरिब दुखिलाई दान गर्नु शुभ हुनेछ ।

तुला राशि – तुला राशिका लागि यो साता शुभ रहेको छ । मुखमा बृहस्पतिको प्रभावले गर्दा तपाईको बोलीमा विश्वसनीयता बढ्नेछ। आर्थीक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोग ले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यावसाय बाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग तिर केहि उतार चढाव आउन सक्नेछ । तर पनि साताको अन्त्य तिर भने आम्दानी बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने सामान्य मनमुटावहरु समाधान हुनेछन । बिद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । यो साता तुलनात्मक रुपमा शुक्रबार र शनिबार कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक एवं सिर्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर जुट्नेछ। तपाईको सिर्जनात्मक क्षमता को उच्च कदर हुनेछ। आर्थीक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यावसायबाट राम्रो फाईदा हुनेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय छ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

धनु राशि – धनु राशिका लागि यो साता मिश्रीत रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा बाधा आउन सक्नेछ । तर बुधबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । बिशेष गरि अन्न तथा फर्नीचर सम्बन्धि कारोबार बाट उचित लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ। यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

मकर राशि – मकर राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ ।नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीृको पढाईमा सकारात्मक साता रहनेछ । बुधबार र बिहिबार तपाईका लागि तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि यो साता शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । आफ्ना दाजु भाईको साथ र सहयोग बाट व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । पारिवावरिक जिवन सुखद रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । बुधबार र विहिबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन । सचेत रहनुहोला । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ।

मिन राशि – मिन राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै शिरमा चन्द्रमाको प्रभाव रहने हुनाले मान प्रतिष्ठा बढ्ने साता रहनेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रमा मा सरिक हुने अवसर जुट्नेछ । कुनैपनि कार्यमा आत्मविश्वास उच्च हुनेछ । तपाईको विचार र दृष्टिकोणको सर्वत्र प्रशंसा हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरि गर्नेहरुका लागि सकारात्मक समय रहनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिन सक्नेछन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।