रबि अझै हिरासतमा ! यसरी गर्जिए अमेरिका बाट पत्रकार प्रेम बानिया ! आईजीपी सर्बेन्द्र खनाललाई यो प्रश्न सहित ! (भिडियो)

पत्रकार रबि लामिछानेलाई सालिकराम पुडासैनी प्रकरणमा प्रहरीले कार्यलयबाटै अनुसन्धानका लागि नियन्त्रणमा लिएपछी नेपालको माहोल अहिले तातिएको छ । सबैले चौतर्फी बिरोध गरिरहेका छन । पत्रकार प्रेम बानियाले आफ्नो फेसबुक वालमा लेखेको म्यासेज जस्ताको तस्तै हेर्नुहोस !

रबिजी Rabi Lamichhane प्रकरणका अन्तर्राष्ट्रिय सवाल !!!!

प्रिय मित्र/प्रिय व्यक्तित्व Sarbendra Khanal ज्यू, तपाईंलाई एक आईजीपीका रुपमा भन्दा व्यक्तिगत रुपमा केही जानकारी । तपाईंको निष्ठा, कार्यकुशलताको खुब ठूलो प्रशंसकले उसको ज्ञान र अध्ययनका आधारमा तपाईंलाई नितान्त व्यक्तिगत दुई’टा प्रश्न वा सुझाव प्रस्तुत गरेको सम्झिनुहोला:

नम्बर १, त्यो भिडियो कसरी बाहिर आयो ? अनुसन्धानमा अब्बल नेपाल प्रहरीमा तपाईंको अब्बल अनुभवलाई साक्षी राखेर सोधिएको प्रश्न हो यो । आत्महत्या गरेको व्यक्ति भएको कोठा प्रहरीले फोडेको हो, त्यो कोठामा सवभन्दा पहिला प्रहरी छिरेको हो । सबै प्रमाणहरु (मोवाइल, कागजात वा अन्य सबै) प्रहरीले नै संकलन गरेको हुनुपर्छ/हुनैपर्छ । त्यसपछि सवै स्रोत र सूत्रहरु गोप्य राखेर सुक्ष्म र गोप्यरुपमै अनुसन्धान अगाडि बढाउनुपर्नेमा त्यो भिडियो कसरी बाहिर आयो ? यतिसम्म कि त्यो भिडियो आफन्तको हातमा पनि पुग्न सक्दैन, मिल्दैन र सम्भव छैन । किनकि यो प्रहरी अनुसन्धानको विषय भइसकेको थियो । सबै स्रोतहरु प्रहरीको नियन्त्रणमा हुनुपर्छ । संसारको कुनैपनि प्रहरी संगठनले वा अनुसन्धानमा संलग्न कुनैपनि निकायहरुले यस्तो गर्न सक्दैनन्, यो कसरी भयो ???? त्यो भिडियो प्रहरीको नियन्त्रणबाट बाहिर कसरी गयो ? यसको जवाफ प्रहरीले मात्रै दिनसक्छ । अनुसन्धान विषयमा यो एक अन्तर्राष्ट्रिय प्रश्न हो ।

नम्बर २, रबि लामिछानेलाई पत्र काटेर निश्चित घण्टाभित्र प्रहरीको कुनै पनि कार्यालयमा बोलाएको भए के हुन्थ्यो ? न्यूजरुममा काम गरिरहेको पत्रकारलाई त्यो पनि डेढ घण्टापछि प्रत्यक्ष कार्यक्रम प्रशारणको तयारीमा रहेको प्रस्तोतालाई टेलिभिजन स्टेशनमै गएर पक्राउगर्नुअघि प्रेस स्वतन्त्रताका अन्तराष्ट्रिय मान्यताहरुलाई किन भुल्नुभयो?

एक मित्रवत सम्वन्धका कारण एउटा आइजीपीलाई भन्दा पनि एक आत्मीय मित्रलाई सादर जानकारी गराएको हो । यसले तपाईंको अनुसन्धानलाई अझ गहिरिएर निश्कर्ष निकाल्न सघाउने आशा लिएको छु ।

हेर्नुहोस भिडियो :