मेलबर्नको तीजमा संकलित रकम नेपालको क्यान्सर पीडितको लागि

१७ अगस्ट, वैरबी बाप्टिस्ट चर्च, मेलबर्न: मेलबर्न नेपलिज कम्युनिटी वेस्टको आयोजना तथा रोयल वेस्टर्न फुटबल क्लबको सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा फेडेरल एमपी जोयान रायन, भिक्टोरियाका कन्सुलेट जेनेरल चन्द्र योञ्जन, मल्टीकमिसन भिक्टोरियाका डा सुन्दरम सिभमाल्मी, अजि याक्सन एब्रोड फर नेपालका ग्राम केन्ट “बाजे” लगायत नेपाली समाजका बिभिन्न प्रतिनिधिहरुको आतिथ्यतामा तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

“तीज क्विन” उपनामले समेत चिनिने चर्चित लोक गायिका सुनिता दुलालका प्रत्यक्ष बिभिन्न गितहरुमा उपस्थित सबै नाचेनन मात्रै, साथमा नेपालबाट आउनु भएका आमाहरूले नेपालकै झजल्को दिलाएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई आशिर्वाद पनि दिए ।

कार्यक्रममा तिजका गितहरु लगायत न्याभ बाल चौतारी वेस्टको तर्फबाट साना भाइबहिनीहरुको आकर्षक नृत्य, मेहेन्दी, फेस पेन्टिङ, डिजे, फोटोग्राफि जस्ता बिबिध कार्यक्रमका साथै डिनरको ब्यबस्था पनि रहेको थियो ।

आयोजक कमिटीका सचिब तथा तीज साँझ कार्यक्रमका संयोजक रोशनी श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्ने क्रममा तीज नेपाली महिलाहरुको महान चाड भएको र हामी नेपालीहरु जहाँ रहे पनि रमाइलोका साथ नाच्दै गाउदै मनाउनु पर्ने बताउनु भयो ।

प्रबेश शुल्क ५ डलर रहेको उक्त कार्यक्रममा ३ सयभन्दा बढि नेपालिहरुको उपस्थिति रहेको थियो, तर नेपालबाट आउनु भएका आमाबुबा, विद्यार्थी, केटाकेटीहरुलाई भने नि:शुल्क प्रबेशको ब्यबस्था गरिएको जानकारी आयोजक कमिटीका उपाध्यक्ष नारायण कट्टवालले गराउनु भयो । उहाँले टिकटबाट सँकलित रकम नेपालमा क्यान्सर पीडितहरुको लागि उपयोग गर्ने जानकारी गराउनु भयो ।

 

 

 

आयोजक कमिटिका अध्यक्ष शंकर थापाले तीज कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आफूहरु निक्कै उत्साहित भएको बताउनु भयो । अध्यक्ष थापाले आफ्नो कला सँस्कृतिका बिबिध कार्यक्रमहरु आगामी दिनमा गर्दै जाने बताउनु भयो । कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्न आ-आफ्नो तर्फबाट साथ र सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।