रबि लामिछानेलाइ अपहरण शैलीमा लगियो भन्दै प्रोडूसर दिपक बोहोराले गरे यस्तो खुलासा (भिडियो सहित)

काठमाडौँ, ३० साउन । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ ।नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् ।

बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोका आधारमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको पोखरेलले जानकारी दिनुभयो । भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र मृत भेटिएका थिए । रबि लामिछानेलाइ हिजो बेलुका पक्राउ गरेपछि प्रोडुसर दिपक बोहोराले भेट्न खोज्दा भेट्न दिइएन भन्दै अन्य कुराहरु दिपक बोहोराले खुलासा गरेका छन् ।