नेपालमै बसेर महिनाको ७ लाख आम्दानी गर्ने महिलाको कथा:बिदेशमा भन्दा चौबर कमाइ

काठमाडौं । बैदेशिक रोजगारीबाट फर्किएर अनुकरणीय काम गरेको भन्दै दुई साताअघि सरकारले केही उद्यमीलाई सम्मान गर्‍यो। नगद ५० हजारसहित श्रम मन्त्रालयबाट सम्मानित हुने ६ जनामध्ये एक्लो महिला थिइन्, कीर्तिपुर सेरा टोलकी शर्मिला अधिकारी ।

३७ वर्षीया शर्मिलालाई आज धेरैले वैदेशिक रोजगारीबाट फर्किएर उदाहरणीय काम गर्ने उद्यमी भनेर चिन्छन् । यो देशमा केही हुन्न भन्ने सोचले ब्युटीपार्लरमा काम गर्न खाडी पसेकी उनी आज आफ्नै माटोमा ‘सुन’ फलाइरहेको बताउँछिन् । तीन सन्तानकी आमा शर्मिला काठमाडौं र भोजपुरमा गरी कुल २८४ रोपनी जमिनमा तरकारी, फलफूल र जडिबुटी खेतीदेखि कुखुरा पालनसम्म गरिरहेकी छन् । मनग्य आम्दानी गरिरहेको उनको उद्यमले ६० जनालाई रोजगारी पनि दिएको छ ।