गोरखाका गुरुङ्ग नेपाली सेनाको जागिर छोडेर लोकगीत अडिसनमा आखिर किन त ? (भिडियो सहित)

महेश बोहरा, तम्घास गुल्मी
भरखर मात्र गुल्मी जिल्लामा लोक तारा सिजन २ सम्पन्न भएको छ । जसमा गुल्मी जिल्लाका १२ वटै स्थानिय तहबाट बिभिन्न प्रतियोगीले सहभागीता जनाएका थिए । यसै क्रममा गोरखाका निश्चल गुरुङ्ग पनि प्रतियोगीतामा सामेल हुनका लागी गुल्मी आएका थिए । उनले गुल्मीमा आएर गुल्मी लोक ताराको दोश्रो स्थान हासिल गर्न सफल भएका छन । उनले एक अन्र्तवार्तामा आफुले अब गुल्मी जिल्लालाई मावल बनाउने समेत बताएका छन । उनले नेपाली सेनाको जागीर छोडेर लोक अडिसनको लागी गुल्मी आएका थिए । अब पनि मावली जिल्ला सम्झेर गुल्मी जिल्लामा आउने बताएका छन । उनले आफुले नेपाली सेनाको जागीर छोडेकोमा कुनै पश्चताप नभएको बताए । हेरौ उनै गोरखाका निश्चल गुरुङ्गको प्रस्तुति भिडियोमा ।