पोखराको न्यूरोड तनावग्रस्त, भिषण आगो लाग्दा निभाउनै कठिन (भिडियो)

पोखरा महानगरपालिकाको ब्यस्त सडक न्यूरोडको एक फर्म पसलमा आगलागी भएको छ । पोखराको फराकिलो सडक भनिए पनि आगोलागी भएको २० मिनेटपछि मात्र दमकल आएको प्रत्यक्षदर्शीले बताए । नजिकै पोखरा महानगरपालिकाको कार्यालय छ तर पनि सुबिधायुक्त ठाउंमा पनि ढिलो दमकल पुगेकोमा स्थानीयरुको आक्रोश थियो ।
स्थानीय, महानगरको दमकल साथै पानी सप्लायर्सहरुको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास गरिएको छ । क्षतीको एकीन बिकरण आउन भने सकेको छैन । भाटभटेनी सुपरमार्केटकै आडमा आगोलागी भएको हो ।