थाहा पाउनुहोस् डेंगु रोगका लक्षणहरु, थाहा नपाउँदा ज्यानै जान सक्छ (भिडियो)

देशभर डेंगु रोगको प्रकोप फैलिएको छ । पहिलेका बर्षमा तराईका जिल्लामा मात्र फैलिएको यो रोग अहिले भने पहाडी जिल्लामा पनि देखियो । पोखरामा पनि डेंगु रोगका बिरामीहरु देखिएपछि मानिसहरु झन त्रासमा छन् । लामखुट्टे बाट सर्ने यो रोग पछिल्लो समय अप्रत्यासित रुपमा फैलिदै गएको छ ।
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिन्छ । यसै डंगु रोगबारे हामीले बरिष्ठ फिजिसियन डा. युक्त नारायण रेग्मीसंग कुराकानी गरेका थियौं । हेरौं यो भडियो ।