जुन युवती विवाह नहुँदै गर्भवती भएपछि….|| अस्पतालमा भयो बिजोग|| जन्मियो छोरो (भिडियो सहित)

प्रेम सुनार
बुटवल, मेरो ( गोसाँ ) मेरा श्रीमान पैसा कमाउन लाहुर जानु भएको छ । मैले कसरी पेट बोकुँ ? उनले भन्ने गरेकी छन । तर उनी पेट बोकेर पनि सुत्केरी हुने अवस्थामा पुगेपछि अहिले गुल्मीको जिल्ला अस्पताल तम्घास ल्याईएको छ । उनी अविवाहित हुन । अन्दाजी २५ बर्षिया उनी जिल्लाको रेसुङ्गा नगरपालिकावडा नम्वर ११ सिमीचौरकी अविवाहित युवती रुमकली नेपाली ( नाम परिवर्तन ) हुन ।  उनी अत्यन्तै विपन्न परिवारकी भएकोले आफ्नै खर्चमा प्रशुती गराउनका लागि अस्पताल लिएर आएको त्यस वडाका वडाध्यक्ष खुमबहादुर रानाले बताए । ‘ मैले मेरो रगत दिन परेपनि उनलाई बचाउँ छु वडाध्यक्ष रानाले भने मानवअधिकारवादी संस्थाा देखि सबै संघ संस्थालाई पनि यी महिलाको उद्दारका लागि सहयोगको अपिल गर्दछु ।

उनका अनुसार ती युवती मानसिक सन्तुल ठिक नभएकी छन । उनलाई कसले गर्भधारण गरायो भन्ने खुलेका छैन । वडा सदस्य हुमकला रानाले निकै फकाएर सोधियो तर उनले कुनै ब्यक्तिको नाम लिईनन । खाली मेरो गोसाँ लाहुर जानु भएको छ , म कसरी गर्भवती भएँ भन्ने गरेकी छन । उनको अहिले सम्म कसै संग विवाह भएको छैन । उनका बाबु आमा दैनिक निमेक मजदुरी गरेर जिविका चलाउने गरेका छन । उनले आफ्नो कल्पनामा रहेको लाहुरे श्रीमान भनिएका ब्यक्ति को हुन भनेर पत्ता लगाउनका लागि प्रहरी प्रशासनको सहयोग लिने र उनलाई जिल्ला अस्पतालमा सम्भव नभए अरु कुनै अस्पतालमा खर्चा जुटाएर पुराईने वडाध्यक्ष राना बताउँ छन ।  वडाध्यक्ष राना नेपाली सेनका अवकास प्राप्त सैनिक भएकोले मानविय उद्दार कार्यमा यस अघि पनि जुट्दै आएका छन । उनी बढि मात्रमा घर नबसी जथभावी बाहिर डुल्ने गर्दथिन । ब्याथा लागेर सडकमा लडेको थाह पाए पछि वडाध्यक्ष रानाले जिप चालकलाई बोलाएर अस्पताल ल्याएका हुन।

हेरौ दर्दनाक भिडियो ।