खै सबैले उपनाम दिनु भयो अधिकारकर्मि भनी मलाई पहिला आफै पनि आफ्नो जिन्दगी नै अरु दुखी पीडितको लागि बिताउछु भन्ने सोच थिएन ।

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आज उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्।

खै सबैले उपनाम दिनु भयो अधिकारकर्मि भनी मलाई पहिला आफै पनि आफ्नो जिन्दगी नै अरु दुखी पीडितको लागि बिताउछु भन्ने सोच थिएन ।

धेरै यो समाजको पीडित र अन्यायमा परेका निर्दोषहरुको आँखामा आँसु देखेकी छु , ती आखाको आसुले धेरै पटक मेरो आखामा पानी भरिएको हुन्छ , कतिपटक पीडितका आखाका आँसु छचल्किदा मैले इन्टरबिउ लिन नसकेर क्यामरा बन्द गरेको रेकर्ड छन् ।

वास्तवमा मानिस धेरै तरिका र स्वार्थबाट लागेका हुन्छन् अधिकारको क्षेत्र , समाज सेवाको क्षेत्रमा तर मलाई थाहा छ ।
जब एउटा पीडितको आँसु बग्दा सगै उसको आँखा रसाउदैन भने , कुनै अन्यायमा परेको निर्दोष ब्यक्तीले बिनाकारण यातना भोग्दा हामीमा आक्रोश र पत्थरको ह्रदय बन्दैन भने हामी कहिले समाजसेवि र अधिकारकर्मी हुन सकिँदैन ।

छुनु पर्यो अरुको पीडा र दुखले आफ्नै दुख भनी आँसु पीडित सगै उसको पिडालाइ , घाउलाइ आफ्नो भनी दुख्न पर्यो ।
सायद यो अभियानमा सयौ पीडितको न्यायको लागि लडदा कहिलेकाही धेरै इमस्नोल बनिदो रहेछ ।

त्यही अरुको पिडालाइ आफ्नो भनी महसुस गर्न सक्दा कहिले आँसु कहि आक्रोश ..।।