झलकमान गन्र्धवको राधा पियारी भन्ने गीत अहिले सम्मकै उत्कृष्ट स्वरमा (भिडियो सहित)

प्रतिष्ठानले सञ्चालन गरेको गुल्मी लोक तारा २०७६, सिजन २ मा नन्दु परियारले आप्ःनो गीत मार्फत दर्शकलाई चकित पारेका छन । शनिबार भएको गुल्मी लोक तारा २०७६, सिजन २ फाईनलबाट लक्ष्मण सुनार दोश्रो लोक तारा बनेका हुन । दोश्रो गुल्मी लोक तारा बनसँगै उनले नगद ५० हजार हात पारे । यसै अवसरमा आयोजित कार्यक्रममा गुल्मेली गायक परियारले राधा पियारीको भन्ने गीतबाट सबैलाई मोहित बनाएका थिए र उत्कृष्ट बनेका सुनारको शैली क्रियशनका रामचन्द्र चन्दलेले गीतको अडियो,साथी मिडियाले भिडियो, गीतकार हुम गैरेले गीतको शब्द तथा गायक खुमन अधिकारीले गीतको लय तयार गरिदिने र गायक पुश्कल शर्माले गीतमा अभिनय गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्ति गरेका छन । फाईनलमा प्रतिस्पर्धीहरुले लाईभ बाजामा आफ्नो प्रस्तुती राखे । लोक तारामा गोर्खाका निश्चल गुरुङ्ग दोश्रो, सत्यवति गाउँपालिकाकी लालिमायाँ कुँवर तेस्रो र मुसिकोट नगरपालिकाकी धनमायाँ राना चौथो भए ।

दोश्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद हात पारे । बैशाख १५ गतेबाट प्रतिष्ठानले जिल्लाका विभिन्न ठाउँमा पुगि अडिसन सञ्चालन गरेको थियो । पहिलो चरणमा १ सय ६७ जना, दोश्रो चरणमा ३५, तेस्रो चरणमा २१ हुँदै अन्तिम ९फाईनल० चरणका लागि १० जना छनोट भएका थिए । प्रतिष्ठानले आफ्नो छैठौँ जिल्ला अधिवेशनसँगै गुल्मी लोक ताराको फाईनल गरेको थियो । फाईनलमा प्रतिष्ठानका केन्द्रिय सचिव खुमन अधिकारी, सदस्य पुस्कल शर्मा, अञ्चल संयोजक लक्ष्मण खड्का र सदस्य खुमबहादुर खत्रीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय निर्वतमान अध्यक्ष चन्द्र शर्मा, महासचिव सुवास केसी, प्रदेश ५ का पूर्व अध्यक्ष डिल्लीनारायण पाण्डेय, कलाकारहरु हुम गैरे, नारायण बिपि परियार, उज्जवल गिरी, रामप्रसाद पौडेल, नन्दु परियारलगायत दुई दर्जन बढी सहभागी थिए । हेरौ राधा पियारीको भन्ने गीतको भिडियो ।