साप्ताहिक राशिफल ज्योतिष पण्डित– हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) २०७६ साल श्रावण २६ देखि ३२ गते सम्म , सन २०१९ अगष्ट ११ देखि १७ सम्म

साप्ताहिक राशिफल ज्योतिष पण्डित– हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) मो नं – ९८४२२१९७३५
२०७६ साल श्रावण २६ देखि ३२ गते सम्म , सन २०१९ अगष्ट ११ देखि १७ सम्म
सर्वप्रथम यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु , साउन २६ गते – पुत्रदा एकादशी व्रत । साउन २७ गते – सोमप्रदोष व्रत, बाजुरा बडिमालीका मेला। साउन २८ गते – डडेलधुरा, सोलखुम्बु, दुधकुण्ड र यार्ताेङ मा मेला।
साउन २९ गते – पूर्णीमा व्रत । साउन ३० गते – ऋषी तर्पणी, रक्षा बन्धन, जनै पूर्णीमा, राखी बाँध्ने दिन।
साउन ३१ गते – गाईजात्रा पर्व। साउन ३२ गते – रोपाई जात्रा, बैतडी गुजारमा वनारसी मेला समाप्ती ।
यो साता ग्रह गोचरको अवस्था , यो साता चन्द्रमा ले साउन २६ गते देखि २८ गते बिहान १० बजेर ३९ मिनेट सम्म धनु राशि, २९ र ३० गते मकर राशि, ३१ र ३२ गते कुम्भ राशिको गोचर गर्नेछन । यो साता अन्य ग्रहहरु राहु मिथुन राशिमा। शुक्र, सूर्य, बुध कर्कट राशिमा, बृहस्पती बृश्चिक राशिमा, केतु र शनि धनु राशिमा गोचर गर्नेछन र मंगल सिंह राशिमा गोचर गर्नेछन। ग्रहहरुको यो अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

मेष राशि – मेष राशिका लागि यो साता उत्तम रहेको छ । अगाडी देखि अधुरा रहेका कार्यहरु यो साता पुरा हुनेछन । भाग्य स्थानमा चन्द्रमा को गोचर रहने हुनाले आध्यात्मिक एवं सामाजिक कार्यमा मन जानेछ । नयाँ व्यक्तित्वहरु सँग परिचय हुने अवसर जुट्नेछ । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ । साथिभाईको साथ र सहयोग ले मन प्रसन्न रहनेछ । प्रिय मित्रहरु सँग भेट गरि रमाइला पलहरु बिताउन सक्नुहुनेछ । यो साता आम्दानी बढ्नेछ । पारिवारिक सम्बन्ध सुखद रहनेछ। विद्यार्थीका लागि पढाईमा प्रगति हुने योग छ। आफुलाई समस्या भएको विषयमा साथि बाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान श्री गणेशको पुजा आराधना गर्नू शुभ हुनेछ ।

वृष – यो साता वृष राशिका व्यक्तिका लागि मिश्रित रहनेछ । साताको शुरुमा स्वास्थ्य कमजोर हुने देखिन्छ । विशेष गरि भाईरल को प्रकोपले समात्न। सचेत रहनु आवश्यक देखिन्छ । तपाईको काम मा विरोधी हरुले समस्या उब्जाउन सक्नेछन । अनावश्यक विषयमा विवाद पर्न सक्नेछ । तर मंगलबार दिउँसो देखि भने सकारात्मक समय आउनेछ । पारिवारिक सम्बन्ध उत्तम रहनेछ । विशेषगरि आफ्नो जिवन साथि सँग महत्वपुर्ण विषयमा छलफल हुने छ । घनिष्ठता थप मजबुत हुनेछ । यो साता कुनै नयाँ योजना बनाउन सकिने योग छ । आर्थिक अवस्था सबल रहनेछ । अचानक आम्दानीको क्षेत्र देखा पर्नेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्नो परिवार बाट सानो सानो कुरामा पनि चासो र सहयोग रहनेछ । तुलनात्मक रुपमा साताको शुरुवातका दिने कमजोर दिन रहने देखिए पनि अन्य दिनहरु भने शुभ रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ विष्णवे नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ

मिथुन राशि – मिथुन राशिका लागि यो साता मिश्रित रहनेछ । साताका शुरुवातका दिनमा भोगबिलास, रमाईलो एवं मनोरञ्जनमा बढि खर्च हुन सक्नेछ । आर्थिक अवस्था मा उतारचढाव आउनेछ । व्यापार व्यावसायमा प्रतिस्पर्धिहरु नै बलवान देखिने छन। । बिरोधि हरुले तपाईका विरुद्ध षडयन्त्र रच्न सक्नेछन । उनिहरु सँग प्रतिस्पर्धा गर्न सहि योजनाका साथ परिश्रम आवश्यक देखिन्छ । परिवारको साथ र सहयोग ले चुनौतीको सामना गर्न आत्मविश्वास भने कायम नै रहने छ । परिवारमा सल्लाह मिल्नेछ । प्रेमीहरुका लागि यो साता मिश्रित रहनेछ सामान्य विवाद पर्न सक्नेछ । अध्ययन कार्य सफल रहनेछ । बुधबार र बिहिबार तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ विष्णवे नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

कर्कट राशि – कर्कट राशि लाई यो शाता शुभ रहेको छ । शत्रु पराजित हुनेछन । रोग प्रतिरोध क्षमता सबल रहनेछ । व्यापार व्यावसायमा सकारात्मक समय रहनेछ । कुनै नयाँ लगानी गर्न सक्नुहुनेछ । आम्दानीका नयाँ स्रोत हरु देखिनेछन । त्यसैले आर्थिक अवस्था सबल रहनेछ । कर्मचारी हरुका लागि सकारात्मक समय रहनेछ । तपाईको बौद्धिकता को उच्च कदर हुनेछ । नयाँ क्षेत्रमा कार्य गर्ने अवसर जुट्नेछ । साथिभाई एवं परिवार सँग रमाईला पलहरु बिताउने योग छ । विद्यार्थीको पढाईमा सफलता प्राप्त हुने साता रहनेछ । तपाईका लागि शुक्रबार र शनिबार तुलनात्मक रुपमा कमजोर दिन रहनेछन । यि दिनहरुमा अनावश्यक खर्च बढ्ने र स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ।

सिंह राशि – सिंह राशिका लागि यो साता शुभ रहने देखिन्छ। बौद्धिक एवं सिर्जनात्मक साता रहनेछ । कला, संगित एवं सञ्चार क्षेत्रमा कार्यरत हरुका लागि अनुकुल समय रहनेछ । तपाईको प्रतिभा उजागर हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा सहकर्मी बिच सद्भाव र सहयोग आदान प्रदान हुनेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । पढाई मध्यम रहने हुनाले विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । प्रेम सम्बन्ध थप गाढा हुनेछ । तपाईलाई आवश्यक परेको बेला प्रेमीले सहयोग गर्न सक्नेछन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान सुृर्यको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कन्या राशि – कन्या राशिका लागि यो साता मिश्रित रहनेछ । साताका शुरुवातका दिनहरु तुलनात्मक रुपमा कमजोर देखिएका छन । घरपरिवारका कारण चिन्ता बढ्न सक्नेछ । परिवारका सदस्य बिमारी परेर धन खर्च हुन सक्नेछ । तर मंगलबार दिउँसो देखि दिनहरु सकारात्मक रहनेछन । कर्मचारीका लागि नयाँ परिवेशमा कार्य गर्ने अवसर जुट्नेछ ।साथीभाई सँग कुनै रमाईलो यात्रामा जाने योग छ । सामाजिक एवं आध्यात्मिक कार्यमा सहभागीता हुनेछ । यो साता ईज्जत र प्रतिष्ठा बढनेछ । विद्यार्थीको पढाईमा यो साता महत्वपुर्ण सुधार हुने देखिन्छ । आफ्ना प्रतिस्पर्धिलाई राम्रो अंक ल्याएर जित्न सक्नुहुनेछ । यो साता व्यापार व्यावसायमा उच्च प्रतिफल आउनेछ । परिवारमा सातातिना मनमुटावहरु देखिन सक्नेछन । आफ्नो संवेगलाई नियन्त्रण गर्नु शुभ हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ वासुदेवाय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

तुला राशि – तुला राशिका लागि यो साता उत्तम रहेको छ । साहस तथा पराक्रम बढ्नेछ। दाजुभाई र साथीको सहयोग बाट महत्वपूर्ण कामहरु बन्नेछन । सामाजिक क्रियाकलाप बाट तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि आफ्ना सन्तान एवं आफु भन्दा कनिष्ठ व्यक्तिको साथ र सल्लाह महत्वपुर्ण सावित हुनेछ । साझेदारीका काम बाट मनग्ये आम्दानी हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । तपाईको परिश्रम को पुरा मुल्य प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्ना मान्छे सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । तुलनात्मक रुपमा बुधबार र बिहिबार कमजोर दिन देखिएका छन । यि दिनहरुमा कुनै पनि महत्वपूर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

बृश्चिक राशि – यो साता तपाईका लागि शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको गोचर धन स्थानमो रहने हुनाले प्रशस्त धन आर्जन हुने साता रहनेछ । बोलीको प्रभाव बढ्ने एवं उच्च पदस्थ व्यक्तित्वले तपाँइको प्रशंसा गर्नेछन । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । विशेष गरि सौन्दर्य सँग सम्बन्धित सामाग्रीको व्यापार व्यावसाय बाट उचित मुनाफा आर्जन हुनेछ । परिवारमा मेलमिलाप कायम रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । अध्ययन कार्यमा गुरु वर्ग एवं आफ्ना साथीको सहयोग प्राप्त हुनेछ । तपाईको स्वभाव जिद्धि हुन सक्नेछ । आफ्नो बोली र व्यावहार मा सजग रहनुहोला । शुक्रबार र शनिबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी हनुमान चालीसा पाठ गर्नु वा सुन्नु शुभ हुनेछ ।

धनु राशि – धनु राशिका लागि यो साता सबल रहनेछ । यो साता तपाँईका लागि साताको शुरुवात शिरमा चन्द्रमाको प्रभाव बाट हुनेछ। आत्मबिश्वास एवं आत्म सम्मान उच्च रहनेछ आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ ।आर्थीक अवस्था सबल रहनेछ । सब्जी तथा कृषि सम्बन्धि सामाग्रीको व्यापार व्यावसाय बढि लाभदायक हुनेछ । । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । कुनै नयाँ क्षेत्रमा लगानी गरि व्यापार व्यावसाय विस्तार गर्न सक्नुहुनेछ । विद्यार्थीको पढाईमा मन जानेछ । बुबाआमा बाट उचित सल्लाह र मार्गदर्शन प्राप्त हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि आफ्ना गुरुहरुको सेवा गर्नु शुभ हुनेछ ।

मकर राशि – मकर राशिका लागि यो साता मिश्रित रहनेछ । शुरुवातको दिनहरु तुलानात्मक रुपमा कमजोर दिन देखिएका छन । यात्राहरु गर्नु पर्नेछ । धेरै परिश्रम पछि मात्रा सफलता हात लाग्नेछ । खर्चको मात्रा बढ्ने छ। मंगलबार दिउँसो देखिका दिनहरु उत्तम रहेका छन । नोकरी मा सफलता मिल्नेछ । सहकर्मी साथि सँग रमाईलो वातावरण मा कार्य गर्ने अवसर जुट्नेछ । यो साता बौद्धिक क्रियाकलाप बाट ईज्जत र प्रतिष्ठा प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोतहरु देखापर्नेछन । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा सुमधुर सम्बन्ध कायम हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्ना सुख दुखका क्षणहरुमा प्रेमिको साथ रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गं गणपतय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि यो साता उत्तम रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर लाभ स्थानमा रहने हुनाले तपाँइका लागि यो साता धन आर्जन हुनेछ। व्यापार व्यावसायमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्र सँग सम्बन्धित कारोबार बाट प्रशस्त लाभ हुनेछ । आफ्नो माता पिता को आशिर्वाद एवं मार्गदर्शन लिएर कुनै पनि कार्य को शुरुवात गर्नु भएमा सफलता प्राप्त हुनेछ । यसले परिवार मा आपसी सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । पढाईमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो प्रेमि सँग कुनै नयाँ ठाउँमा भ्रमण का लागि जाने योग छ । बिहिबार र शुक्रबार तपाईका लागि तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । विशेष गरि आर्थिक कारोबार मा गिरावट आउन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मिन राशि – मिन राशिका लागि यो साता शुभ रहने देखिन्छ । साताको शुरुवातमा चन्द्रमाको गोचर कर्म स्थानमा चन्द्रमा को गोचर रहनेछ। तपाईका लागि यो साता प्रभावशाली रहनेछ । विशेष गरि नोकरी तथा व्यापार व्यावसाय का क्षेत्रमा सफलता मिल्नेछ । अधुरा रहेका कार्यहरु पुरा हुनेछन । कुनै पनि कार्यमा तपाई को आत्मविश्वास उच्च रहनेछ । भौतिक सुख सुविधाका लागि लगानी हुनेछ । नयाँ सरसामान जोड्न सकिनेछ । यो साता कृषि जन्य उत्पादन, तरल पदार्थ हरु जस्तै दुध, फलफुल जस्ता पेय पदार्थको कारोबार बढि फाईदाजनक देखिन्छ । यो साता प्रेम तथा पारिवारिक जिवन उत्तम रहनेछ । विद्यार्थीको पढाईमा मन जानेछ । प्रतियोगितात्मक परिक्षामा सफलता मिल्नेछ । शुक्रबार र शनिबार भने तुलानात्मक रुपमा कमजोर दिन रहेको छ । यि दिनमा कुनैपनि महत्व पुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ नम शिवाय मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।