पिडक महिलालाई तुरुन्तै गिरफ्तार गरिएन भने हामी चुप लागेर बस्ने छैनौ ।

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आजको बिषय छ ‘हैन एसिया कै नम्बर १ अपराधी पत्ता लगाउन हाम्रो देशको प्रहरी ..छुवाछूतको घटनाको जाहेरी परेको ३ महिना सम्म पनि पक्डिएन।’ उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्।

हैन एसिया कै नम्बर १ अपराधी पत्ता लगाउन हाम्रो देशको प्रहरी ..छुवाछूतको घटनाको जाहेरी परेको ३ महिना सम्म पनि पक्डिएन। दैलेखमा धारामा पानी छोइयो भनी हसियाले टाउको शरीर भरी मरणासन्न हुनि गरि दलित महिलालाई सानोजात भन्दै प्रहार गर्दा जाहेरी दर्ता भएको ३ महिना सम्म पनि पिडक राजकुमारी न्यापानेलाइ पक्डन नसक्नु के लाज मर्दो हो ?

यो घटनाले नेपाल प्रहरीको कुसलता माथी चुनौती र जातीय छुवाछूतको घटनामा प्रहरी प्रशासनको मौनता माथी हामीले प्रश्न उठाउन पर्ने होईन र ?? त्यही माथी त्यहाका राजनीतिक नेताज्युहरु र त्यही वडाका अध्यक्ष ज्यु र प्रमुखज्युहरुलाइ पनि त्यहाका दलितले दिएका भोटले अलि अलि भए पनि दुख्न पर्ने होईन र ?

अति भो जातीय छुवाछूत जस्तो अमानवीय कार्य गरि पीडित लक्ष्मी बिकलाई कुटेर टाउको मा ८ ओटा टाका लगाएको छ । पिडक महिलालाई तुरुन्तै गिरफ्तार गरिएन भने हामी चुप लागेर बस्ने छैनौ ।

आन्दोलन हुने छ ….!
( सरु सुनार )