संसारकै शक्तिशाली देश भित्र यी २ कुराहरु किन गोप्य राख्दा राम्रो – पुरा पढ्नु होला !

विजय थापा अमेरिका,

अमेरिकामा सकारात्मक कुराहरुको वर्णन ढवांग ठोकेर गर्दा पनि हुन्छ l तर नेपालमा आफूले अमेरिकाको कानून बिपरित गरेका कुराहरु गर्दा केही हुदैन भन्ने कदापी सोच्नु हुदैन ।

अमेरिकामा बसोबास गर्ने सबैले आफ्ना अमेरिकी कानूनसंग बाझिने कुराहरु बिगतमा गरिएको छ भने पनि गाठो नफ़ुकाउन नै राम्रो हुन्छ ।आफूले बिगतमा यसो गरेको भनि आफन्त र साथीभाईमा पनि यस्ता कुराहरु साटासाट गरे कहिलेकाही दशा लागेको छ भने ठूलो बिपत्ति आई लाग्छ l तसर्थ यस्ता कुराहरुमा बढो संवेदनशिल हुन् जरुरी हुन्छ ।

अमेरिकामा नेपालीहरु विभिन्न कारणबाट आएका हुन्छन । जे जसो गरेर आएता पनि बिगतका नराम्रा कुराहरु भरसक सकिन्छ भने सतह बाहिर ननिकाल्न नै उत्तम हुनेछ । थुप्रै कुराहरु नभन्दा पनि हुन्छ तर दुई कुराहरु ज्यादै महत्वपूर्ण छन् ।

पहिलो कुरा ,नशाबाज/अम्मली/ दुर्व्यसनीको उच्चारण नगर्नु नै उत्तम हुने छ । अमेरिका आएका सबैलाई यस कुरामा ज्ञान हुन्छ l कही कतै साथीभाई संगको उठ बस या अन्य भोज भतेरमा आफूले नियन्त्रण नगरी पिएर आफू नेपालमा हुँदा नशाबाज/अम्मली/दुर्व्यसनी भनेर गर्व नगर्नु नै उत्तम हुनेछ l अमेरिकामा बिगतका सबै नकारात्मक कुराहरु सतह बाहिर न ल्याउनु नै आफ्नो लागि राम्रो हुने छ । किनभने यसरी आफू बिगतमा यस्तो थिए र यसो गर्ने गर्थे भन्ने कुरा सुनाउन आतुर नहुनु होस् ।

काम गर्ने मानिसले झुक्किएर पनि यस्ता शब्द ननिकाल्नु बेस हुनेछ l किनकी अमेरिकामा मूर्दालाई पनि जिउदो बनाई कारवाई हुन्छ । यसरी बिगतमा गरेका कुराहरु मन भित्र र छाती भित्र राख्न सिकौ । यसैमा हाम्रो भलाई हुनेछ । किनभने काम गर्ने क्रममा आफू बिगतमा दुर्व्यसनी भन्दा भै रहेको जागिरबाट हात धुनु पर्ने पनि हुन्छ l अमेरिका यस्ता कुरामा निकै संवेदनशिल भएकोले केही कुरा नओकलौ । तै चुप मै चुप हुनु नै उत्तम ।

दोश्रो ,अपराधीक गतिविधिमा संलग्न भन्ने कुरा को झनक नदिऔ । अमेरिका छिर्न सवै भन्दा पहिले आफू कुनै पनि अपराधिक गतिविधिमा संलग्न नभएकोलाई मात्र प्रहरीले सिफारिस गर्छ । तर कुरा त्यसो हुदैन ।अमेरिकामा अपराधिक गतिविधिमा संलग्न मात्र भएको प्रमाण फेला पर्यो भने जीवन कठिन हुन्छ l धेरै कुराहरुको सामना गर्नु पर्ने हुन्छ ।

सवैले यो कुरा गोप्य नै राख्दछन ।सवैलाई यो कुराको ज्ञान हुन्छ l अमेरिकामा नेपालमा यस्ता गतिविधिमा संलग्न भएका मानिस नआएका भन्ने कुराहरु कदापी हुदैन । गोप्य मार्ग तथा अन्य बाटोबाट आएका पनि हुन्छन l अपराधी गतिबिधिमा कुनै प्रकारले केही कुरामा सहभागिता र भूमिका निर्वाह गरेको केही मात्र ईतिहास मात्र थाहा भयो भने मूल्य आफूले चुकाउनु पर्ने हुन्छ ।

यस्ता कुरामा ७ जुनी सम्म पनि गर्न नपरोस भन्ने सदबुद्धि आओस । यस्ता कुराको ज्ञान राखौ । अमेरिकामा मै स्थापित हुने ईक्षा तथा योजना रहे प्राण रहुन्जेल यस्ता कुराहरु आफ्ना मुख बाट या रुद्र घन्टी बाहिर नआओस ।

सबैको जय होस् ।

यो रमाइलो भिडियो पनि हेर्नुहोला :

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यसै पर्वलाई रमाइलो बनाउनको लागी कलाकारहरुले तीज गीतहरु सार्वजनिक गरिरहेका छन । त्यस्तै प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो। प्रबासी जीवनका वाबजुद पनि स्वदेशी गीत, संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्याे सम्मानयोग्य रहन्छ। आजकल र्‍याप, पप र आधुनिक गीत, संगीतमा झुकाव राख्ने नयाँ पुस्ता लोकभाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो ।

लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने युवा बिष्णु बन्जाडे यतिखेर बेलायतमा रहेर पनि गामबेसीको भाकामा रमाउन लालायीत छन। सोही क्रममा गायक बञ्जाडे र गायिका जमुना रानाको सुमधुर आवाजमा हिन्दु नेपाली नारीहरूको तीजको अवसर पारेर एकदमै रमाइलो तिज कोसेली “सिरिसिरी बतासैले” स्कटनेपाल अनलाइन युटुब मार्फत बजारमा सार्बजनिक गरेको छ।

उक्त भिडियोमा शब्द र संगीत बिष्णु बन्जाडेको रहेको छ भनि अभिनयमा बिष्णु बन्जाडे लगायत सिक्षा पौडेल रहेको देखिन्छ। टिका अधिकारीले छायाँकन गरेको भिडियोलाई बिष्णु बन्जाडे / जानकी सिंजालीले निर्देशन गरेका हुन भने टिका अधिकारीले सम्पादन गरेका हुन। गीत सार्वजनिक भए पछि निमार्ण युनिटले गीतलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो।

एल्बम सिरिसिरी बतासैले , स्वोर जमुना राना /बिष्णु बन्जाडे , शब्द बिष्णु बन्जाडे , संगीत संकलन बिष्णु बन्जाडे , अभिनय शीक्षा/बिष्णु , एरेन्ज धीरज पाल्पाली।

हेरौ उक्त भिडियो।