जिबनमा खुशी आयो भने मिठाई सम्झेर लिनु होस् । सरु सुनार

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आजको बिषय छ ‘जिबनमा पहिलो पटक म प्रहरी प्रशासनमा साची बसि यी महिलालाइ छुटाएको दिन र यो घटना ….।’ उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्।

*जिबनमा खुशी आयो भने मिठाई सम्झेर लिनु होस् ।
अनि जिबनमा दु:ख आयो भनी औसधि सम्झी स्वीकार गर्नु होस् …।*

जिबनमा पहिलो पटक म प्रहरी प्रशासनमा साची बसि यी महिलालाइ छुटाएको दिन र यो घटना ….।
आफ्नो श्रीमानले दुबै आँखा देख्दैनन् , साना २ नानी छन् । आँखा नदेख्ने श्रीमान र दुई नानीलाई पाल्न यिनी काभ्रे धुलिखेलबाट काठमाडौको एयरपोर्ट नाङ्लोमा पानी , रेडबुल , खादाहरु बेच्न आउने रहेछिन ../ अनि नगरपालिकाको गाडिले धेरै पटक उठाएछ र छोडने गर्दोरहेछ ।
केही दिन अगाडी उनको सबै सामान नगरपालिकाको गाडिले उठाएछ । अनि उनिलाइ पनि गाडिमा हाली लगेछ । दोहोरो संम्बाद र समान फिर्ता माग्दा केके भयो उनलाई तीन कुने प्रहरी बृतमा राखेछ्न् ।

बिचरा यिनको कोहि त छैन मलाई उनको श्रीमानले फोन गरे ” दिदी मेरो बुढिले थुन्यो रे? ” अनि म हतार हतार प्रहरी चौकी पुगे र सबै सोधे र यो बैनिको अबस्था बारे सबै भने र अनुरोध गरे ” र जिबनमा पहिलो पटक बैनिको साक्षी जिम्मा लिएर बैनिलाइ निकाले । निकाले पछि यति रोइन के गर्नु यति धेरै पीडा र पारिवारिक जिम्मेवारी उफ ! दुख कति हो । यिनलाई केही सहयोग गर्छु भनी आश्वासन देखाए केही मान्छे अनि गाएब भए ।

कमसेकम एउटा ठेला र २,४ हजार बन्दोबस्त गर्दिन पाए यी बैनिले आँखा नदेख्ने श्रीमान र ती दुई नानिलाइ पाल्न र पढाउन सक्थिन होला …!
अहिले काभ्रे , धुलिखेल छिन कोठा भाडामा लिएर बसेकी छिन कसरी गुजारा गर्दै होलिन ? कोहि सहयोगी हुनुहुन्छ भने आउनुस न यी बैनिलाइ सहयोग गर्न ??

( सरु सुनार )