‘बैमानीले ढाँट्यो’ मा पशुपतिको नयाँ अवतार हेर्नुहोस तीज गीत (भिडियो सहित)

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। अहिलेको तिजको समय नजिकिदै गर्ने कर्ममा गायक पशुपति शर्माको ‘बैमानीले ढाँट्यो’ बोलको तीज गीत सार्वजनिक भएको छ । पशुपतिकै शब्द तथा संगीत रहेको गीतमा सीता श्रेष्ठ र पशुपतिको स्वर रहेको छ । कृष्ण बिके ‘भान्जा’को संयोजन रहेको गीत सोमबार युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

यस गितमा गायक पशुपति र रन्जिता गुरुङ मुख्य भूमिकामा देखिएका छन् । दुर्गा पौडेलको निर्देशन रहेको गीतमा गिरमान सोहान कुमालको नृत्य निर्देशन रहेको छ । गीतमा पशुपतिले पैसाको आढमा आकर्षित हुने केटा केटिलाई रमाइलो तरिकाले व्यङ्ग्य गरेका छन् । गीतमा रन्जिता र पशुपतिसँगै राजु ढकाल, श्रीकृष्ण बम मल्ल, बैकुण्ठ महत र नरेश खाती पनि देखिएका छन् ।

गीतको छायांकन दुर्गा पौडेलले नै गरेका हुन् भने सम्पाद नवीन घर्ति मगरले गरेका हुन् । २२ जुलाई २०१९ मा अपलोड गरिएको उक्त गित १ हाराहारी १ मिलियन भिउज पुग्न सकी रहेको देखिन्छ हेर्नुहोस पुरा भिडियो :