ज्यानमारा बाटोः यी ड्राइभर गुरुलाई मुर्ख भन्ने की बहादुर ? भिडियो हेर्नुहोस आफै भन्नुस ।

महेश बोहरा गुल्मी,

वरिपरि भीमकाय चट्टानी पहाड । बीच बिचमा बडीघाट खोलाको तिरै तिर केही साना साना बजार यही बाटो हो गुल्मीको खोला क्षेत्रको बाटो । यही बाटो हुदै दैनिक हजारौंले यात्रा गर्ने गर्दछन । अहिले बिच बिचमा कही कतै पिच भए पनि पुरै सडकको हालत यस्तै छ । काम बिशेषले बाहिर जानेहरुको लागी बर्खाको समयमा यो सडकले निकै दुःख दिने गरेको छ । स्थानीयले पैदल हिँड्दा पनि ज्यान जोखिममा राख्नुपर्ने स्थिति छ ।

पहिरो काटेर बनाइएको पैतला मात्रै अट्ने गोरेटो हुँदै आवतजावत गर्नुपर्छ । बिरामी बोकेर हिँड्ने बाटो पनि त्यही नै हो । ससाना बालबालिका त्यही बाटो भएर विद्यालय जान्छन् । पहिरोको फेदमा कालीगण्डकी र बडीघाट नदी सुसाइरहेको हुन्छ । धेरैले यही मार्ग भएर यात्रा गर्दा ज्यान गमाइसके ।

हेरौ डरलाग्दो यो बाटोमा गाडी चलाउने ड्राइभरको यो भिडियो ।