रहरले होइन बाध्यताले हो, आरा लगाउदै २ बालक दाजुभाई, कुराकानी गर्दा यस्तो भने (भावुक भिडियो सहित)

महेश बोहरा गुल्मी
मान्छेको सोक पनि बिभिन्न किसिमका हुन्छन सानै देखि नै । सानो हुदा राम्रो स्कुलमा पढ्ने ठुलो भएपछि डाक्टर, इन्जिनियर, पाइलट लगायत राम्रो मान्छे बन्ने भनेर अहिले पनि सानो बच्चालाई सोध्यो भने उसले सायदै यही नै भन्छ होला । बाबु आमाले पनि आफ्नो सन्तानले ठुलै प्रगति गरे हुन्थ्यो भन्ने लाग्छ । तर यहाँ प्रस्तुत गर्न लागीएको यो भिडियोमायी २ भाई बालकको सोच र लक्ष्य भने अल्ली फरक छ । उनिहरुको चाहाना अरुको जस्तो राम्रो स्कुलमा पढ्ने र भोली डाक्टर इन्जिनियर नै बन्न नसके पनि आफ्नो बाबा आमालाई सुख दिने भन्छन । उनिहरु भरर्खर मात्रै १३ र १५ बर्षका भए । तर उनिहरुको यो काम देख्दा लाग्छ उनिहरु त धेरै पाका भैसकेछन । हामी रिर्पोटिङ्गको क्रममा गुल्मी जिल्लाको बिभिन्न ठाँउहरुमा जाने क्रममा चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ किसिकोटमा पुग्यांै । त्यहाँपुग्दा भरखरका २ भाई बालकले आरा लगाउदै थिए । उनिहरुसंग एकछिन कुरा पनि गरेयौं । उनिहरुको कुराले मनमा कताकता घोच्यो अनि मनै कटक्क हुने गरि नमिठो संग अमिलो भयो । सामान्य परिवारमा जन्मेका उनिहरुको कामले खुशी पनि बनायो । केही समय उनिहरुलाई रोकेर छोटो समय मागरे केही कुरा पनि गरेयौ । रहरले भन्दा पनि बाध्यताले यस्तो कामगर्नु परेको भन्दै थिए यी दुबै भाईहरुले । सकेसम्म त राम्रै स्कुलमा पढ्ने रहर छ बाबाले यो काम लगाईदिनु भएको हो । बाबाआउँदासम्म यो मुडा चिरेर सक्नुपर्छ भन्दै थिए । अब हेरौ उनै मेहनती २ भाईहरुको यो भिडियो ।