अर्को फेरी अचम्मको अनि उदाहरणिय जोडी पहिलो पटक मिडियामा । ( भिडियो अन्तर्वाता सहित )

भनिन्छ पे्रममा जात , धर्म, उमेर, रङ्ग , उचाई केहि हुँदैन । कतिपय प्रेमिल जोडिहरु यी कारणहरुले छुट्ने गरेका पनि छन् तर यी भनाईलाई सार्थक गराईदिएका छन् सागर ढकाल र सितल श्रेष्ठको जोडिले । देख्नमा सागर ढकाल कम उचाईका देखिन्छन् भने सितल बढी उचाइको । चिना हेराएर ३२ गुण मिलाएर विवाह गरिने हाम्रो समाजमा यो जोडि एउटा उदाहरणीय जोडीको रुपमा देखा परेको छ ।

केटा जतिसुकै अग्लो र केटी जतिसुकै होचो हुँदा पनि अचम्म नमान्ने , केटा कम उचाईको र केटी बढी उचाईको हुँदा कुरा काट्ने यो समाजलाई यी जोडिले नराम्ररी थप्पड लगाएका छन् । उचाई , अन्र्तजातिय सम्वन्ध , सितलको विगत अनि परिवारको असमझदारी लगायतका थुप्रै वाधाहरुलाई पन्छाएर सागर र सितलले ५ महिनाअघि प्रेम विवाह गरे । सुरुमा असन्तुष्ट देखिएका सितलको परिवार अहिले आएर खुशी छन् भने सागरको परिवार अहिलेसम्म उनीहरुको विवाहलाई लिएर खुशी छैनन् ।

सागर व्यवसायिक रेस्लरका साथै कलाकार पनि हुन् । उनले २ रुपैँया , मिस्टर भर्जिन , गरुड पुराण , न यता न उता लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् भने बुलेट फ्लोको एउटा म्यूजिक भिडियोमा श्रीमती सितलका साथ मोडलिङ पनि गरेका छन् । सितलले पनि सागरकै बाटो पन्छाउँदै थुप्रै पटक रेस्लिङमा भाग लिईसकेकी छिन् । अहिले भने उनी एक कम्पनीमा जागिरे छिन् ।

एक अर्काविना छुट्टिएर बस्नै नसक्ने सितल माईत जाँदा पनि सागरलाई सँगै लिएर जान्छिन् । विशेष कारणले केहि समय छुट्टिनु पर्दा एक पटक सितलले आत्महत्याको प्रयास समेत गरेकी थिइन् । भविष्यमा आफूजस्तै सन्तान जन्मिएर उसले दुख पाँउछ कि भनेर सागर भने सन्तान नजन्माउने बरु धर्म सन्तानको रुपमा अरुलाई पाल्ने पक्षमा छन् भने सितल आफ्नै सन्तान जन्माउने पक्षमा छिन् ।

स्वभाव भिन्न भएका यी जोडिमा सागर अनि शालिन, शान्त छन् भने सितल अलि बोल्ड र केहि परे आवाज उठाईहाल्ने , जिस्काउने र होच्याउनेलाई तह लगाईहाल्ने किसिमकी छिन् । समाजमा रहेका थुप्रै जोडिहरुले समाजको डरले आफ्नो प्रेम व्यक्त गर्न र समाजले के भन्ला भनेर डराईरहेको अवस्थामा यो जोडि साच्चै एक उदाहरण हो ।