नेपाली सांगितिक क्षेत्र नेपालको राष्ट्रियताको पहरेदार

पछिल्लो समयमा नेपाली सांगितिक क्षेत्रमा आएको नयाँँ मोडका कारण नेपाली समाजमा बिदेशी गीतहरुले लिने ठाउँलाई नेपाली गीतहरुले बिस्थापित गरिदिएको र नेपाली गीतको साथ साथमा नाचको क्षेत्रले मारेको नयाँँ फड्को कारण बिदेशी फिल्मले लिने गरेको बजारलाई नेपाली फिल्मले समेत बिस्थापित गरिदिएकोले यस्ले नेपाली कला र कलाकारिता विकास र कलाकारहरुको जीवनस्तर सुधार मात्रै नगरी राष्ट्रियताको संरक्षण, सम्बर्धन र प्रबर्द्धनमा अत्यन्तै महत्वपूर्ण योगदान पुर्याएको – लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ

११ श्रावण २०७६, सूर्यदीप स्कूल, सल्लाघारी, भक्तपुर: भक्तपुर म्युजिकल सोसाइटीले केही प्राबिधिक कारणबश ढिला गरी “विस्व संगीत दिवस” को सम्झनामा नयाँ एबं पुराना सदस्यहरु बीच आयोजना गरेको भक्तपुर म्युजिकल ट्यालेण्ट शो कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले पछिल्लो समयमा नेपालको सांगितिक क्षेत्रले नेपालको राष्ट्रियताको संरक्षण, सम्बर्धन र प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको तर यस्मा कसैको ध्यान नपुगेको बताउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले पछिल्लो समयमा नेपाली सांगितिक क्षेत्रमा आएको नयाँँ मोडका कारण नेपाली समाजमा बिदेशी गीतहरुले लिने ठाउँलाई नेपाली गीतहरुले बिस्थापित गरिदिएको र नेपाली गीतको साथ साथमा नाचको क्षेत्रले मारेको नयाँँ फड्को कारण बिदेशी फिल्मले लिने गरेको बजारलाई नेपाली फिल्मले समेत बिस्थापित गरिदिएकोले यस्ले नेपाली कला र कलाकारिता विकास र कलाकारहरुको जीवनस्तर सुधार मात्रै नगरी राष्ट्रियताको संरक्षण, सम्बर्धन र प्रबर्द्धनमा अत्यन्तै महत्वपूर्ण योगदान पुर्याएको बताए ।

श्रेष्ठले वुद्ध जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने कार्यमा जनस्तरबाट स्थापित विस्व अभियानले प्राप्त गरेका महत्वपूर्ण उपलब्धीहरुको संक्षेपमा फेयरिस्त पेश गर्दै यो नेपाल सरकारको काम भए तापनि अझै पनि जनस्तरबाट नै यस्लाई निरन्तरता दिनुपरिरहेको बताउनु भयो ।

कार्यक्रममा गीत प्रस्तुत गर्ने नव प्रतिभाहरुमा रामहरि ताम्राकार, लक्ष्मी खत्री, रिना कोजू, लक्ष्मी तामाङ, गङाराम रन्जितकार र श्रीजल मधिकर्मी थिए भने साथमा नव प्रतिभाहरुलाई हौसला दिने हेतुले बिनोद राज ढुङेलले पनि गीत प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमको लागि ध्वनी सामाग्री सहयोगमा हिमालयन स्कूल देकोचा, उपहार सहयोगमा हेल्लो प्वाइण्ट, सल्लाघारी र गुड्विल कन्सल्ट, धोविधारा, काठमाडौ थिए भने ब्यबस्थापन सहयोगमा सुनिल नापितको योगदान थियो । कार्यक्रमको लागि संयोजनकारी भूमिका सुमन रन्जितकारले निभाएका थिए ।

कार्यक्रममा कार्यसमिति सदस्यहरु प्रबिन शाही, अल्बर्ट बज्राचार्य, रोशन धौभडेल, शम्भो चरण राजभण्डारी, सुमन रन्जितकार, मानस राज, इन्दिरा लाछिमस्यु, श्रीजल मधिकर्मी र श्रीहरी दाहालको उपस्थिति थियो ।

संस्थाका अध्यक्ष प्रबिन शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घोषण शम्भो चरण राजभण्डारीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रामकुमार श्रेष्ठ अन्य कार्यक्रममा जानु पर्ने भकोले गीत प्रस्तुत गर्ने कलाकारहरु, उद्घोषक, सहयोगी संस्था एबं ब्यक्तिहरुलाई प्रमाणपत्र एबं उपहार कार्यक्रमका सभापति प्रबिन शाहीद्धारा प्रदान गरिएको थियो ।