फिन्निश-नेपाली समाजमा नयाँ नेतृत्व, अध्यक्षमा भट्टराई

हेल्सिन्की, जुलाई २८ । फिन्निश नेपाली समाजले नयाँ नेतृत्व पाएको छ । झन्डै १५ बर्ष अघी सन् २००५ मा स्थापना भएको समाजले नबिन भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व प्राप्त गरेको हो । जुलाई २२ मा हेल्सिन्की स्थित पुओतिलामा सम्पन्न सँस्थाको वार्षिक साधारण सभाले भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

फिन्ल्यान्डका बिभिन्न शहरमा रहेका नेपालीहरुलाई एकत्रित गर्दै बिभिन्न सामाजिक तथा साँस्कृतिक गतिविधीहरु आयोजना गर्दै नेपालमा शिक्षा, स्वास्थ्य र दैवीप्रकोप उद्वारका कार्यहरुमा सहयोग गर्ने उद्देश्यले सन्चालित सँस्थाको पहिलो बैठक पनि आईतवार हेल्सिन्कीमा सम्पन्न भएको छ । बैठकले रिक्त रहेका पदहरुको पुर्ती समेत गरेको छ । संस्थाको बरिष्ठ उपाध्यक्षमा सन्जु काउछा, उपाध्यक्षमा भक्तिराम भण्डारी र महिला उपाध्यक्षमा रेणु अर्याललाई चयन गरेको छ । त्यस्तै सँस्थाको महासचिवमा नबिन अर्याल, सचिबमा तुलसी सापकोटा र सहकोषाध्यक्षमा सुमन अर्याल सर्वसम्मत भएका छन् ।

मुकुन्द भण्डारी कोषाध्यक्ष पदमा र रुकमिणी भट्टराई सहकोषाध्यक्ष पदमा निर्विरोध भएको पनि समाजले जनाएको छ । त्यस्तै सँस्थाका सदस्यहरुमा तारा भण्डारी, ईन्दु अर्याल, राम प्रशाद अर्याल, बिक्रम के.सी, चिरन्जिबी अर्याल, लक्ष्मी अर्याल, लालमणी अर्याल, आदित्य चापागाँई, तारा भण्डारी सापकोटा, नबिन अर्याल, केशब भण्डारी र मनोज बस्नेत रहेका छन् ।

समाजको नयाँ कार्यसमितीको चयनमा समन्वय गर्न मनोज भुषाल र मन्जु भण्डारी सम्मिलित निर्वाचन कमिटी गठन गरिएको थियो ।

साधारण सभामा बोल्दै निवर्तमान अध्यक्ष हेमराज शर्माले आफ्नो कार्यकाललाई सफल बनाउने सबैलाई धन्यवाद दिँदै नव निर्वाचित अध्यक्ष नबिन भट्टराईलाई सफल कार्यकालको लागि शुभकामना पनि दिएका थिए । “अहिले सामाजिक काम गर्न एकदमै चुनौती छ”, नवनिर्वाचित अध्यक्ष भट्टराईले गुल्मीन्युजलाई भने, “यस्तो चुनौतका बिच पनि मलाई बिश्वास गरेर अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी दिनुभएकोमा सबैप्रती आभारी छु ।” अध्यक्ष भट्टराईले सँस्था भित्र रहेका कमीकमजोरीलाई सुधार्दै जाने र सँस्थाको कार्यक्षेत्रलाई फराकिलो पार्दै जाने पर्तिबद्दता पनि ब्याक्त गरे ।

आईतबार मिल्युपुरोमा सम्पन्न नवनिर्वाचित समितिको पहिलो बैठकले सल्लाहकारहरुको पनि चयन गरेको छ । सल्लाहकारमा देवीदत्त शर्मा, कुलमणी भण्डारी, डा. शम्भु प्रसाद शाह, कोमल पौडेल, हेमराज शर्मा, जीवन खरेल, शेषकान्त भट्टराई र मन्जु शर्मा लाई चयन गरेको समाजले जानकारी दिएको छ ।

यस्ता छन् समाजका गतिविधीहरु

नवनिर्वाचित पहिलो बैठकले भर्खरै गुल्मीको सत्यवती ३ र ४ गएको भीषण पहिरोबाट बिस्थापितहरुको लागि सहयोग गर्ने निर्णय गरेको छ ।

समाजले हरेक बर्ष दशै र तीजमा बिबिध सँस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेको छ । त्यस्तै नयँ बर्ष, तिहार, क्रिसमस र बेलाबेलामा चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिरहन्छ । समाजको आयोजनामा प्रकाश सपुत, राम कृष्ण ढकाल, हेमन्त शर्मा, पुरुशोत्तम न्यौपाने, थानेश्वर गौतम, धीरज राई, सुनिता दुलाल, चन्द्र शर्मा, मेक्सम खाती, सरिता कार्की लगायत थुप्रै चर्चित राष्ट्रियकलाकारहरुले फिन्ल्यान्डमा आफ्नो प्रस्तुती दिईसकेका छन् ।

समाजले २०७२ सालको महाभुकम्पबाट अती प्रभावित धादिङको तत्कालिन रि गाबिस स्थित तावल गाउका ३०० घरपरिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको थियो जसअन्तर्गत कम्बल, दाँत माझ्ने ब्रुस/मन्जन, साबुन, चाउचाउ, त्रिपाल र औषधी लगायतका सामाग्रीहरु बितरण गरिएको थियो । त्यस्तै २०७४ सालमा पूर्वी तथा मध्य तराईका पाढीपीडितहरुको सहयोगार्थ एनआरएन फिन्ल्याण्ड लगायत संस्थाहरुसँगको सहकार्यमा महोत्तरी जिल्लाको मनहरा क्षेत्रका ३०० घरपरिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको थियो ।

धुर्मुस-सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुर नपा ८ मा निर्माण गरेको एकिकृत नमुना शन्तपुर बस्तीमा पनि समाजले आर्थिक सहयोग गरेको थियो । फिनल्याण्डमा ज्यान गुमाएका खोटाङ रतन्छाका दिपक
राई तथा फिन्ल्यान्डकै ओउलुमा ज्यान गुमाएका अर्का नेपाली अनिश जंग कुवरको शव नेपाल पठाउन समन्वय तथा आर्थीक सहयोग पनि गरेको थियो भने काठमाडौंमा सन्चालित सामाजिक सँस्था पवित्र समाज नेपाललाई पनि व्हिल चेयर सहयोग प्रदान गरेको छ ।

गुल्मी जिल्लाको वडागाउँ गाविस स्थित दजाकोटमा भएको भीषण आगलागीका पिडितहरुलाई समाजले आर्थिक सहयोग गरेको थियो । गुल्मीको रुद्राबेणी स्थित आश्रममा आश्रीत बृद्वबृद्वाको स्वास्थ्य जाँच, नियमित स्वास्थ्य शिविर सन्चालन र औषधी उपचारको लागि तत्काल ५ लाख रुपैँयाको अक्षयकोष स्थापना गर्ने निर्णय भएको छ र यो अहिले कार्यन्वयनको चरणमा छ । अक्षयकोषमा नियमित रकम थप्दै जाने पनि समाजले जनाएको छ । त्यस्तै गुल्मी चन्द्रकोट गाउँपालिका वार्ड नं ७ मा अवस्थित पर्यटकिय तथा धार्मिकस्थल शिद्दबाबा मन्दिर सम्म पुग्ने बाटोको लागि पनि समाजले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ जुन हस्तान्तरणको लागि कागजी प्रकृयाको क्रममा छ ।