यो बर्षकै सबैभन्दा चर्चित तीज गीत बन्यो अन्जलिले खेलेको सारी फरार

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा केही दिन अघि मात्र डिजिटल बजारमा सार्वजनिक गरिएको तिज गीत “सारी फररर”यो बेला युटुबमा सर्बाधिक हित छ। छम्म छम्म नाच्न मिल्ने यो मैलिक तिज गीत रातारात लाखौ दर्शक श्रोताको माया बटुल्न सफल भैरहेको छ ।

नवगायक निर्मल क्षेत्रीको प्रस्तुति रहेको उक्त गीतमा पर्देशी गायक भनेर चिनिने लोकप्रिय गायक सूर्य खड्काको लय शब्द रहेको छ भने पछिल्लो समय थुप्रै दोहोरी गीतमा आवाज दिइसकेकी लोकप्रिय गायिका सीता श्रेष्ठ, सूर्य खड्का र निर्मल क्षेत्रीको आवाज रहेको छ । कोरस आवाजमा अस्मिता घर्ती, सुस्मिता तामाङ, बिस्वास नेपाल र सुरेश रानालाई लिइएको छ ।

चर्चित निर्देशक शंकर बि.सि.को उत्कृष्ट निर्देशन, दुर्गा पौडेलको छायांकन तथा नवीन घर्तीको सम्पादनमा तयार पारिएको उक्त म्यूजिक भिडियोमा अहिले चर्चाको शिखरमा रहेकी मोडल अन्जली अधिकारी र निक्स शर्मा छमछमी नाचेका छन् । “सारी फररर” ले ट्रेन्डिङमा अग्रता लिदै जाओस् सम्पूर्ण टिमलाई हामी सबैको शूभेच्छा र शुभकामना ।