बिनय अर्यालको उम्मेदवारी नासाको अध्यक्षमा

विजय थापा ,डिसी ।

अमेरिकाको नर्थ क्यारोलाइनामा बस्दै आएका संचारकर्मी तथा व्यवसायी बिनय अर्यालले नासाको अध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले नेपाली समुदायमा रहेका आफ्ना शुभ चिन्तक ,बुद्धिजीवी ,बिभिन्न पेशामा संलग्न व्यक्तिहरु ,पूर्व अध्यक्षहरु ,विभिन्न संघ/ संस्थाहरुका पदाधिकारी,साथीभाईहरुको सरसल्लाह अनुसार अध्यक्ष पदमा उम्मेदारी दिएको बताए ।

सबैको सहमति र समर्थनमा उम्मेदवारी दर्ता गराएको भन्दै सबैलाई मतदान गर्न आग्रह समेत गरेका छन् । कुरा र गफमा हैन कर्ममा विश्वास गरौ ,बोलेको कुरा गरेर देखाऊ भन्ने नारा सहित उनले उम्मेदवारी दिएका छन् ।

अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी २०१९ देखि २०२१ को लागि अध्यक्षमा नासाका वर्तमान कार्यकारी समिति सदस्य समेत रहेका अर्यालले अध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा सार्वजनिक गरेका हुन् ।

नासाका सशक्त सामाजिक अभियन्ताहरु क्रमस निर्मल पौडेल,बिशाल भारती,नरेन्द्र बराल,अम्बिका लोहनी ,कृष्ण श्रेष्ठ , प्रशिम पौडेल ,जो अध्यक्ष पदका आकांक्षीहरु समेत रहेका थिए । उनीहरुसंग आपसी सरसल्लाह र निकास निकाली सबैसंग सहमति भई उनीहरुले आफूलाई समर्थन र सहयोग गर्ने भएकोले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

अध्यक्ष पदमा दर्ता गराए पछि उनले आफ्नो मुख्य कार्यसूची भनेको क्षमता भएका व्यक्तिहरुलाई अमेरिकाको मूलधारमा राजनैतिक ,आर्थिक र सामाजिक रुपमा नेपालीहरुलाई सहभागी गराउने उद्धेश्यका साथ आफु अगाडी आएको उनले बताए ।

अर्यालका केही प्रतिबद्धताहरु र कार्यसूची यस प्रकार रहेका छन् ;

१ ) आफू अमेरिकाको डेमोक्रेटिक पार्टी भित्र जिम्मेबारीका साथ रहेर आफुले सिकेको ज्ञान र अनुभवलाई नासा क्षेत्र भित्र रहेका नेपाली समुदायका संस्थाहरु संग समन्वय गरि त्यो अनुभवलाई जानकारी दिई क्षमता भएका नेपालीहरुलाई उत्प्रेरित गरि मूल प्रवाहमा ल्याउन कार्यकमहरु संचालन गर्ने ।

२ ) नेपाली समुदायलाई अमेरिकी समुदायसंग समन्वय गरि नेपालीहरुलाई अगाडी बढाउन बिबिध समन्वयात्मक कार्यक्रमहरु संचालन गर्ने

३ ) विगतमा नासा मा रहेर योगदान गरिसक्नु भएका सम्पूर्ण अग्रजहरुलाई सम्मान गर्दै नयाँ पिढीलाई उत्साहित बनाइ नासा मार्फ़त सामाजिक कार्यमा सहभागी गराउन कार्यक्रमहरु संचालन गर्ने ।

४ ) हरेक नेपाली परिवार भित्र रहेको पहिलो पुस्ता र दोश्रो पुस्ताको बीचको अन्तरलाइ कम गर्न समन्यव गरि पहिलो पुस्तालाई नेपालीहरुको कला ,संस्कृति ,र सामाजिक अभियानमा सहभागी गराउन बिशेष कार्यक्रम नासा मार्फ़त अन्य नेपाली स्थानीय संस्था हरूसग समन्वय गरि संचालन गर्ने ।

५ ) नासा क्षेत्रका सबै सदस्यहरुलाई क्रियाशील बनाई सामाजिक कार्यमा सहभागी गराउन र नासालाई नेपाली समुदाय भरि कै प्रभावकारी संस्थाको रुपमा स्थापित गराउन कार्यक्रम संचालन गर्ने ।

६ ) नासा मार्फत नेपाली कला र संस्कृतिलाई अमेरिकामा जीवन्त राख्दै नेपालको विकास निर्माणमा समेत सहभागी हुन सबैलाई अभिप्रेरित गर्ने ।

७) हाल संचालन मा रहेको आकस्मिक कोषको निरन्तरता र वृद्धि गर्ने

अर्याल अमेरिकाको डेमोक्रेटिक पार्टीमा विधिवत रुपमा प्रवेश गरि निरन्तर काम गरि रहेका छन् । अर्याल ,नर्थ क्यारोलाइनाको डेमोक्रेटिक पार्टीको गिलफर्ड काउन्टीका प्रिसिङ्गट् अध्यक्षमा निर्वाचित भै काम गरि रहेका छन् । नेपाल चितवन घर भै हाल नर्थ क्यारोलाइनामा रहेका अर्याल पहिले डिसी महानगर क्षेत्रमा बसोबास गर्थे ।

नेपालमा संचारकर्मी पेशामा रहेता पनि अमेरिकामा आएर पनि पत्रकारितालाई स्वयम् सेवक रुपमा समय खर्ची रहेका छन् । उनि व्यवसाय गर्न डिसी बाट नर्थ क्यारोलाइना पुगेका हुन् । डिसी क्षेत्रमा रहदा एएनए, एएनएस ,एनएससिआइ, लगाएत विभिन्न संघ/ संस्था संग आबद्ध पनि रहेका थिए ।

उनले आफ्ना मतदाता ,शुभ चिन्तक ,साथीभाई तथा सबै नेपाली समुदाय प्रति पनि आफूलाई बिजयी गराउन आग्रह यसै मार्फत गरेका छन् ।