अन्जली अधिकारी र करिस्मा ढकालको अभिनयमा नयाँ तीज गीत सार्वजनिक ‘नेटो काटौं कि’ यसपाली (भिडियो सहित)

“लालु मै” गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र पछिल्लो समय चर्चामा रहेका मोडलद्वय अन्जली अधिकारी र करिस्मा ढकालको अभिनयमा नयाँ तीज गीत सार्वजनिक भएको छ ।
पार्वती थापाको शब्द र गायिका तृप्ती खड्काको लय श्रृजनमा रेस्मा केसी, सन्दीप न्यौपाने र तृप्ती खड्का स्वयंको स्वर रहेको ‘नेटो काटौं कि’ यसपाली बोलको तिज गीत आज यूएस खबर नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

वालाजु क्षेत्रमा छायांकन गरिएको यस गीतको भिडियोमा युवा उमेरको चन्चलता, प्रेम र घर माईतीको प्रसंगमाथी कलात्मक रुपले चित्रण गरिएको छ ।

बिक्रम चौहानको निर्देशनमा बनेको यस गीत उद्धव राज सिलवाल प्रोडक्सनको ब्यानरमा बजारमा आएको हो भने गीत सार्वजनिक गरेको युएस खबर नेटवर्क अमेरिकाबाट सञ्चालित अनलाईन पत्रिका युएस खबरको आधिकारीक युटुव च्यानल हो ।

हरितालिका तीज महिलाहरुको महान् चाडका रुपमा रहेकाले पछिल्लो समय तिजको रौनक पनि केहि महिना अघिदेखी नै सुरु हुने गरेको छ । बिषेशत संगीतिक क्षेत्रमा तिजका गीतहरु आउन सुरु भएसंगै तिजको लहर पनि गाउँ शहरमा प्रवेश गरेको आभाष हुन्छ र तिजलाई लिएर महिला दिदी बहिनीको उत्सुकता थपिने गरेको पाईन्छ । कतिपय अवस्थामा तिजका गीत छिटो आउनुप्रति बिरोध भएको भएपनि यसलाई सकारात्कम रुपमा लिन मिल्ने पाटोहरु पनि थुप्रै छन् ।
हेरौ भिडियो :