उद्घोषक एवं गायिका शितल शर्माको तीज गीत ”चौतारी” युट्युबमा सार्बजनिक भए लगत्तै धमाका मच्चायो (भिडियो सहित)

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यो बर्षको तीज गीतको भिडमा अलि फरकसञ्चारकर्मी, उद्घोषक एवं गायिका शितल शर्माको तीजगीत यतिबेला युट्युबमा सार्बजनिक भए लगत्तै धमाका मच्चाएको छ।

गायक तथा सर्जक बैकुण्ठ महतको शब्द,अर्का चर्चित गायक खुमन अधिकारीको लय सिर्जनामा तयारी पारिएको ‘चौतारी’ बोलको गीत बजारमा आएको हो।

गायिका शर्माले गत वर्ष ‘महारानी’ बोलको तीजगीत ल्याएकी थिइन। यो वर्ष पनि उनले नारीहरूको महान चाँड हरीतालिका तिजको अवसर पारेर आज मात्रै गीत बजारमा पठाएको बताएकी छन्।

शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोमा नीरु खड्का, किशोर निरौला, दिभाषा शर्मालगायतको अभिनय देख्न सकिन्छ। मधुर बस्नेतको छायांकन रहेको गीतको म्युजिक भिडियो नविन घर्ती मगरले सम्पादन गरेका छन्।

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा धेरै गित हरु आउने क्रम जारी छ तर गायिका शितल शर्माको फरक प्रस्तुति हरेक बर्ष नया गित लिएर आउने गर्दछिन ।

हेरौ यस गितमा के छ त बिशेष जन्न्नै बाकी छ ।