गलबन्दीकि हिट मोडल अन्जली अधिकारीले खेलेको तीज गीत भाइरल

विगत १२ वर्षदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा क्रियाशिल गायक रामकुमार कार्कीको पछिल्लो सिर्जना बजारमा आएको छ । बिहीबार आफ्नै युट्युव च्यानलबाट ‘कोईली चरी’ बोलको गीत रिलिज गरिएको हो ।

रामकुमार कार्की युट्युव च्यानलबाट रिलिज गरिएको यस गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन् । रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् ।

डान्सिङ विटमा आधारित यो गीत दर्शक तथा श्रोताले रुचाउनेमा गायक रामकुमार आशावादी छन् । उनले भने, ‘पछिल्लो समय सापेक्ष गीत लिएर आएको छु । भिडियोमा निकै मिहेनत गरेका छौ ।’ सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ ।