सावधान गुल्मी मै भेटियो प्लाष्टिकको चावल, जानकारीको लागी सेयर गर्नुहोला। (भिडियो सहित)

महेश बोहरा गुल्मी,

बिगत केही समय पहिले भारतमा प्लाष्टिकको चामल बजार भित्रिएकोले खुबै चर्चा पायो । त्यसको केही समय पछि नेपालका पनि बिभिन्न शहर र गाउँघरका चोक चोकमा हल्ला चल्यो । नेपालका बिभिन्न ठाँउहरुमा यस भन्दा पहिले पनि प्लाष्टिकको चावल भित्रिएको पुष्टि भएको छ ।

हालचालै भने गुल्मी जिल्लाको चन्द्रकोट ८ मजुवामा प्लाष्टिकको चावल भेटिएको छ । गुल्मी जिल्लामा प्लाष्टिकको चावल भेटियो भनेर केही स्थानियहरुले भिडियो बनाई युटुवमा अफ्लोड गरे पछि यो खबर बाहिर आएको हो । उक्त चावल प्लाष्टिककै हो वा अन्य कुनै भन्नेबारेमा परिक्षण गरे पछि मात्रै पुष्टि हुने छ । सोनाम मसिनो चावलको बोरामा बालाजी खाद्यन्न भण्डार भैरहवाद्धारा उत्पादन गरिएको चावलमा यस्तो पाईएको उक्त भिडियोमा देखाइएको छ ।

हेरौ सोही भिडियो