परस्त्रीगमनको आशंकामा श्रीमतीले ढोका थुनिन, झ्यालबाट भाग्नेक्रममा श्रीमानको ज्यान गयो । (भिडियो सहित)

आईतबार बिहान गुल्मीको मुसिकोट नगरपालिकामा एक जना पुरुषको घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका १, नेटा घर भई मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरि बस्ने ३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फालेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काका अनुसार गएराती झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका उनलाई लुम्बिनी मेडिकल कलेज वामीमा उपचार हुन नसकी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बीच बाटोमै ९आज बिहान साढे ६ बजे मृत्यु भएको हो । स्थानीयका अनुसार हिजो राती घर्ती डेरा नजिकै अर्कैको घरमा बस्न गएका थिए । परस्त्रीगमनको आशंकामा उनकी श्रीमती खोज्दै आएर बाहिरबाट ढोका लगाई दिएपछि भाग्ने क्रममा घर्ती सोही घरको झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका थिए ।

भिडियो हेर्नुहोस ।