स्कटलैण्डको एडिन्बरामा प्रिती आले र कुमार पुनको बबाल ।।।

इडन्वरा, स्कटल्याण्ड ।स्कटल्याण्डको इडन्वरामामा नेपाली स्कटलैण्ड एसोसिएसन द्वारा आयोजित लोक दोहोरी कार्यक्रममा अति चर्चित लोक गायिका प्रिती आले र गायक कुमार पुनको लोक दोहोरी तथा साथमा स्थानीय लोक दोहोरी गायिका तथा महिला व्यवसायी कमला श्रेष्ठ र गायक रमेश भण्डारीको भव्य धमाका का साथ सम्पूर्ण स्कटलैन्ड बासीहरूलाई नचाउनका साथै रात्री भोजको आयोजना भव्य रुपमा मनाएको छ। उक्त कार्यक्रम इडन्वरा को एभरेष्ट रेष्टुरेण्ट रेस्टुरेन्टमा आयोजित कार्यक्रममा स्थानीय, नेपाली तथा बिभिन्न संघ संस्थाका पदाधिकारीहरू सहभागिता रहेको थियो । कर्यक्रमको पहिलो चरनमा आयोजक नेपाल स्कटलैण्ड एसोसिएसनका अध्यक्ष द्वारा नेपाल देखि आएका लोक दोहोरी गायिका प्रिती आले, गायक कुमार पुन लाई खादा ओढाई स्वागत र सम्मान प्रकट गरेका थिए तथा सम्पूर्ण संस्थाका पदाधिकारीहरू, अतिथि आगन्तुकहरु लाई स्वागत गरेका थिए। बर्तमान अध्यक्ष तथा प्रमुख अतिथी लोक गायिका प्रिती आले र कुमार पुन द्वारा सस्थाको प्रसँसा, प्रगतिका साथै सुमधुर सम्बन्ध अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। एस कर्यक्रम को सम्योजक कमला श्रेष्ठले गरेका थिए भने संस्थाका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो। उक्त कार्यक्रममा स्कटल्याण्डका विभिन्न शहर देखि नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रमको सुरुमा लोकल कलाकार नेप्सलिँङ्स् समुह द्वारा लाइभ नेपाली गाना द्वारा सुरूवात गरेका थिए र बाल कलाकारहरु को अति सुन्दर नृत्य देखाइएका थिए। लोक दोहोरी गायिका प्रिती आलेका लोक ब्याटल र गायक कुमार पुनको लोक, सैलेजुको प्रस्तुतले स्कटलैण्ड दर्शकहरू नृत्य मा झुमेका थिए भने स्थानीय लोक दोहोरी गायिका कमला श्रेष्ठ र गायक रमेश भण्डारीको बेजोड दोहोरी प्रस्तुतिले सम्पूर्ण दर्शक हरू खुसिले उर्लेका थिए। साथै डीजेका डीजेनाइटले कार्यक्रम अझ रोमान्चक बनाएको थियो। आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी द्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने नेपाल खानाको प्रसँसा र खाना उपलब्ध गराउने रेस्टुरेन्टलाई धन्यवाद दिएका थिए। कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र स्थानीय कम्युनिटीसंग सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा यस संस्थाका अध्यक्ष बिजय डंगोल बताउँछन् साथै यस कार्यक्रम सफल बनाउन सहयोग गर्न हुने नमस्ते काठमाडौं रेष्टुरेण्टका बिमल बस्नेत र गोर्खा क्याफे रेष्टुरेण्टका धन केसी लगायत स्वयम् सेबक साथिहरु, बिभिन्न संस्थाका पदाधिकारीहरु र सम्पूर्ण स्कटलैन्ड महानुभाव दर्शकहरूलाई धन्यबाद दिएका थिए।यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परागत लोक दोहोरी मनाउने कार्य भएकोमा र नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ। धन्यवाद।। ।