‘विप्लव’का नेता कार्यकर्तालाई सडक संघर्षमा आउन ‘वीर गोर्खाली’का अभियन्ता देउजाको आह्वान

काठमाडौँ, असार २९: नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई सडक संघर्षमा आउन वीर गोर्खाली अभियानका अभियन्ता नगेन्द्र देउजाले आह्वान गरेका छन । भारतबाट आउने बिषादियुक्त तरकारी तथा फलफुल बिरुद्धको एक कार्यक्रममा बोल्दै अभियानका प्रमुख अभियन्ता देउजाले साच्चिकै ‘विप्लव’ नेतृत्वको नेकपाको एजेण्डा राष्ट्रवादी हो भने हातमा हात मिलाएर अगाडि बढ्नेन तयार भएको बताए । विगतमा सशस्त्र युद्धले जनतालाई दुख मात्र दिएको स्मरण गर्दै आतंक फैलाएर मात्र देश विकास नहुने भन्दै आतंक बन्द गरेर जनताको हक अधिकारको लागि सडकमा आउन उनले ‘विप्लव’ नेतृत्वको नेकपालाइ अनुरोध गरेका छन।

साथै अभियन्ता देउजाले नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनभावनामा खेलेर जसरी १७ हजार नेपालीको रगतको होली खले त्यसैगरी नेपाली जनतालाई मार्न केपी ओलीको सरकारले बिषादियुक्त तरकारी परिक्षण नगरी भित्राएको आरोप लगाएका छन। नेपाली जनता एकजुट भएर यस्तो निर्णय बिरुद्ध लाग्नुपर्ने बताउदै उनले वीर गोर्खाली अभियान जनताको अधिकारको लागि सदा आफ्नो ज्यानको बाजी थापेर भएपनि अघि बढ्ने बताउनुभयो।

शनिबार कालिमाटी चोकमा भारतबाट आयातित तरकारी फलफूल बिषादियुत्त भएकोले यसको बिरोध गर्दै वीर गोर्खाली अभियानले ‘बिषादियुक्त तरकारी फलफूल खाइदैन, लम्पसारवाद कठपुतली सरकार चाहिदैन’ भन्ने मुल नाराको साथ सरकार बिरुद्ध बिरोध कार्यक्रम गरेको थियो। पछिल्लो समय वीर गोर्खालिले आफ्नो कार्यक्रमलाई तिब्रता दिने क्रममा विरोधका कार्यक्रमहरु गाउँ गाउँमा पुर्याउने लक्ष्य समेत लिएको बताउँदै आएको छ ।

वीर गोर्खालीले ओली सरकारले सर्वसाधारणलाई दैनिक खानमा विषादी खुवाएको कदमको बिरोध गर्दै आएको छ । साथै अभियानले गत असार २३ गते पूर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेबको जन्मोत्सव पारेर राजदरबार नारायणहिटि गेटमा पूर्व राजा-रानी अंकित टि-सर्ट बितरण गरेर भब्य रुपमा मनाएको थियो ।

वीर गोर्खालीले आफ्नो भाबी रणनिती अनुरुप संगठन बिस्तार र विशेष गरि राजा-रानी अंकित टि-सर्ट गाउँ-गाउँ सम्म पुर्याउने समेत वीर गोर्खालिका प्रमुख अभियन्ता नगेन्द्र देउजाले जानकारी दिए ।