तिजको गित मार्फत भुमिका गिरीले बिकृति अन्त्य गर्न ज्योति मगरलाई सुझाब सहित यो भिडियो

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यो बर्षको तीज गीतको भिडमा अलि फरक प्रेम कहानी लिएर ज्योति मगर र भूमिका गीरीको तीज धमाका गीत ‘विकृति’ युट्युबमा सार्बजनिक भए लगत्तै धमाका मच्चाएको छ। दुइ गायिकाहरु आपसमा आरोप प्रत्यारोप गरेर रोचक किसिमको गीत तयार गरेका छन्। दुवैको प्रस्तुतीकरणको आफ्नो आफ्नो फरक प्याटर्न रहेको छ। ज्योति मगर ग्ल्यामर प्रस्तुतिको लागि चिनिन्छिन भने भूमिका गिरि स्टेज प्रस्तुतिमा जातीय गुन्य चोली बढी प्रयोग गर्ने गर्छिन।

गीतमा पनि त्यहि किसिमका आरोपहरु भूमिकाले ज्योतिलाइ लगाउने र ज्योतिले त्यो आरोपको खण्डन गर्ने गरेका छन्। ज्योति मगर र भूमिका गिरीको स्वर रहेको गीतमा शब्द नेत्र अर्यालको र लय खेम सेंच्युरी रहेको छ भने गीतको भिडियो चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन्। त्यस्तै राजेश घिमिरेले खिचेको उक्त भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन्। भुमिका गिरीले तिजको गित मार्फत बिकृति अन्त्य गर्न ज्योति मगरलाई किन आग्रह गरीन ।

हेरु भिडियो :