आज चन्द्र ग्रहण, यी राशी भएका मानिसहरु बिशेष सतर्क रहनुहोला (भिडियो)

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मध्यरातमा शुरु हुने ग्रहण ३ घन्टा भन्दा बढीको हुनेछ भने बुधवार विहान मात्रै अन्त्य हुनेछ ।
सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लागेको बुझ्ने गरिन्छ । नेपाली समय अनुसार राती १ बजेर ४७ मिनेटमा प्रारम्भ हुने ग्रहण बुधवार विहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुने बताइएको छ । खगोलविद्हरुका अनुसार यो अवधिमा चन्द्रमाको आधाभन्दा भन्दा बढी भाग छोपिएको अवस्थामा देखिनेछ ।
यो ग्रहण नेपालसहित भारत, चीन, मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आसपासका मुलुकबाट प्रष्टै देखिने छ । क्यानडा र उत्तर अमेरिकामा बसोवास गर्नेहरुले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन् । चन्द्रग्रहणमा आँखालाई हानी नोक्सानी पुर्याउने खालका किरण नहुने भएकाले जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सकिने छ ।
धार्मिक विश्वासलाई आधार मान्दा चार वटा राशीलाई मात्रै शुभ मानिएको छ –‘कर्कट, तुला, कुम्भ तथा मीन राशि भएकाहरुलाई शुभ मानिएकाले यी राशी भएकाले भोलीको ग्रहण हेर्न हुने बताइएको छ ।’ मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएकाहरुलाई भने यो ग्रहण नियाल्न हुँदैन ।