स्कटल्याण्डको ईडन्वरामा दोस्रो इडन्वरा कार्निभल फेस्टिबलमा नेपाल, काठमाडौँको झलकको भब्य झाँकी प्रदर्शन ।।।

एडन्वरा, स्कटल्याण्ड।

स्कटल्याण्ड इडन्वराले प्रत्येक वर्ष जुलाइमा मनाउदै आइरहेको इडन्वरा समर कार्निभल फेस्टिबल २०१९ यहि १४ जुलाईमा दोस्रो चोटि नेपाली समाज स्कटलैण्ड परिवार तथा नेपाल स्कटलैण्ड एसोसिएसन द्वारा पासा: पुच गुथि यु. के. समुह र इडन्वरा स्कटलैण्डका मल्लिका नौमती बाजा समुहको उपस्थितिमा यस वर्षको इडन्वरा कार्निभल फेस्टिबलमा आफ्नो नेपाल र नेपालीको पहिचान बिश्व सामु देखाई भव्य रुपमा मनाएको छ। एडन्वरास्थित प्रिन्स स्त्रीत् मा आयोजित कार्यक्रममा काठमाडौं मा मनाइने इन्द्र जात्राको झलकमा धिमे ज्याफु बाजा, लाखे नाच, भैरव नृत्य, कुमारी, पंन्चकन्या सहितको स्थानीय नेपाली द्वारा आ-आफ्नो भेषभुषामा, अन्य समुदायका आगन्तुकहरु तथा मिस स्कटलैण्ड युनिभर्स २०१९ को सहभागिता रहेको थियो। कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा नेपाल र नेपालीको तथा बिश्वमाझ आफ्नो पहिचान र सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा र आगामी बर्ष नयाँ सोच र नपालसंग सम्बन्धित बिबिद संस्कृतिक कार्यक्रम सहित अझ बृहत रूपमा प्रस्तुत गर्ने योजना रहेको यस कार्यक्रमका आयोजक नेपाल स्कटलैण्ड एसोसिएसनका अध्यक्ष विजयमान डंगोल बताउँछन् साथै स्कटलैण्ड एसोसिएसनका सम्पूर्ण पदाधिकारीहरू, सल्लाहकारहरू र सम्पूर्ण भाग लिन हुने महानुभावहरूलाई र यस कार्यक्रम लाई सहयोत गर्न हुने नमस्ते काठमाडौं रेष्टुरेण्टका बिमल बस्नेत, एभरेष्ट ईन, पर्थ रेस्टुरेन्टका भोला खनाल, नमस्ते सिमला प्यालेस रेष्टुरेण्टका, काशी राम भण्डारी, यन आर यन स्कटलैण्डका अध्यक्ष मोहन कार्की लाई धन्यबाद दिन चाहन्छ। सो कार्यक्रम सफल बनाउन संस्थाका सम्पूर्ण पदाधिकारीहरू, पासा: पुच गुथि यु. के. समुह र इडन्वरा स्कटलैण्डका मल्लिका नौमती बाजा समुह, स्कटलैण्डका स्थानीय नेपाली तथा संघ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थिए, जसमा नेपाल गोर्खा एसोसिएसनका अध्यक्ष दम्बर बहादुर गुरुङ, यन आर यन स्कटलैण्डका भोला खनाल लगायत स्कटलैण्डका समाजसेवी तथा सफल व्यवसायी थिए। इडन्वरा कार्निभल फेस्टिबल कर्यक्रमको सँस्कृतिक कार्यक्रममा नेपाली कला र सस्कृती सहित नृत्य, झाकी सहित बेजोड प्रस्तुतिले इडन्वराको प्रिन्स स्त्रीत् मा मेला हेर्न आएका सम्पूर्ण दर्शकहरूको आकर्षण बनेका थिए र सम्पूर्ण जनमानस खुसिले उर्लेका थिए। पुलु किसि, लाखे नृत्य, भैरव नृत्य, आकृति खारालको कुमारी अनि पंन्चकन्याको भेषभुषा, धिमे ज्याफु बाजा, तथा अन्य समुदायका भेषभुषाको पहिरन मुख्य आकर्षण बनेको थियो र यस कार्यक्रममा आफ्नो परम्परा र संस्कृतिलाई बेलायतको स्कटलैण्डमा देखाउन पाएकोमा आफु अति गर्वान्वित भएको पास: पुच गुथि यु.के. का अध्यक्ष ओझेश सिंह र सम्पूर्ण तिम बताउँछन् र त्यस्तै आफ्नो मौलिक नौमती बाजाको धुनले इडन्वरा को प्रिन्स स्त्रीत् घन्काई बाजाको प्रदर्शन गर्न पाएकोमा मल्लिका नौमति बाजा का सदस्यहरू गर्वान्वित रहेको बताउँछन्। आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी तथा अन्य आगन्तुक दर्शकहरूद्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परा तथा संस्कृतिलाई नेपालमा जस्तै मनाउने कार्य भएकोमा र नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा र बिश्वसामु आफ्नो पहिचानले सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ। धन्यवाद।।।