पोखरा काण्ड : थप नया रहस्य फेला, ज्योतिषले (हेराउनेले) जिउंदै छ भन्यो, छिमेकीको यस्तो खुलासा (भिडियो)

पोखराका रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मी नेपालीलाई मारेर जंगलमा फालेपछि त्यस घटनाबारे थप रहस्यहरु बाहिर आउंदै छन् । छिमेकीलाई समेत सहयोग नमागेको र केही छिमेकीमात्र खोज्न गएको थाहा हुन आएको छ ।
आफैले मारेर श्रीमती हराएको भन्दै प्रहरी र संचार माध्यममा समेत पुगेका रमेशले नाटकीय शैलीमा आफन्त र केही छिमेकीलाई ज्योतिष (हेराउने ) कहां समेत बुझ्न पठाए । पोखरा, दुलेगौंडा, हेटौंडा, धादिङ समेत उनीहरुले हेराए । हेराउन गएका ठाउँमा समेत मान्छे जिवित छ फर्केर आउँछ भन्यो तर हराएको २५ दिन पछि लक्ष्मीको कंकाल जंगलमा फेला पर्यो । पहिलोपटक छिमेकी मिडियामा आएर यो रहस्य खोलेकी छन् ।