अमेरिकामा यसरी धनि हुन्छन नेपाली के यो साच्चै हो त (भिडियो सहित)

विजय थापा,

धनको डकार कहिले पनि आउदैन l यहि धनको लागि मानिसले जे पनि गर्छ l धनको लागि दिन रात मानिस पछि लाग्दछन lर बिश्वमा जोगी र केहि अपबाद बाहेक सबै जना द्रब्य कै पछाडी कुदी रहेका हुन्छन l

नदौडी पनि नहुने ,मुद्रा नहुदा जीवन अन्धकारमय पनि हुन्छ l छन् गेडी सबै मेरी ,छैनन् गेडी सबै टेडी ,नेपाली उखान l कमाउनु पनि पर्छ l यसको कुनै सिमा हुदैन ,जति कमायो त्यति नै तृष्णा हुन्छ l धनको पछाडी नलाग्ने बेबकुफ हुन्छ l परिवार ,सामाजिक प्रतिष्ठा ,ईज्जत तथा समुदायको लागि कमाउनु अपरिहार्य हुन्छ l जीवनको चक्र चलाउन कमाउनु पनि पर्छ l विश्वको सबै भन्दा गरिबको चर्चा हुदैन तर बिश्व कै सबै भन्दा धनिको भन्दा बिल गेट्स सबैले चिन्दछन l उसैको सामाजिक प्रतिष्ठा छ र ईज्जत l जसले जे भनेता पनि मुद्रा कमाउदै जाति l

कमाउनु धेरै बाटा हुन्छन ,सहि र गलत l कुत सम्पत्ति कमाए ठिक l अकुत सम्पत्ति कमाए कानुनी घेरामा पर्ने सम्भावना हुन्छ l यहि मुद्राको लोभले मानिस बिग्रिन्छन l मानिसले पापी पेटको लागि अनेकौ चाहिने र नचाहिने काम गर्न बाध्य हुन्छन l

नेपालीहरु अमेरिकामा झन्डै ३ लाखको हाराहारीमा भएको अनुमान गरिएको छ l सपनाको संसार अमेरिका आउनुको एउटा मात्र उद्धेश्य आर्थिक सम्पन्न हुनु हो l धन कमाई परिवार र आफु सम्वृद्धि बन्नु हो l यस बाहेक मानिस आफ्ना पिढीहरुका लागि भबिष्य निर्माण गर्न अमेरिका आएका हुन्छन l

देशको मडारिएको राजनैतिक अस्थिरता ,अन्यौल ,बेरोजगारी ,असुरक्षा आदि ईत्यादीको कारण पलायन ह्वात् बढेको छ भने संसार कै सबै भन्दा समृद्धिशालि राष्ट्र अमेरिकामा खुट्टा टेक्न पाउनु नै सबै भन्दा ठुलो सौभाग्य हुन्छ l

यहि क्रममा हजारौ नेपालीहरु अमेरिका आई पुगेका छन् l अमेरिकामा बसी र यहि कमाई गरेर नेपालमा १ तला देखि ७ तला सम्म घर बनाउछन l

अमेरिकामा ३ प्रकारका नेपाली समुदाय भेटिन्छन ,पहिलो नेपाल सदाको लागि छोडेर अमेरिका मै बस्ने l अमेरिका बसाई सराई सपरिवार बस्ने l जसको उद्देश्य केवल यतै कमाई गर्ने र यतै बस्ने l उनीहरुमा धैर्यता हुन्छ l यतै पढने ,सन्तानलाई पढाउने र कमाउने तर्फ केन्द्रित हुन्छन l उनीहरुलाई नेपालको त्यति चासो राख्दैनन् l यो वर्गले कमाउछ र धनि हुदै जान्छन l पढे अनुसार राम्रो जागिर पाईने हुनाले यो वर्ग पनि धनिमा पर्दछन नेपाली समुदायमा l

दोश्रो समुदाय आधा नेपालमा र आधा अमेरिकामा मन हुन्छ l आवत जावत गर्छन l यसो गर्दा कमाई त्यति हुदैन l जसले केहि यता सम्पत्ति जोड्ने गर्छन भने सदैव आर्थिक कठिनाईको सामना गर्छन l मुद्राको संकटमा परि रहेका हुन्छन किनभने अमेरिका महँगो छ l मेहनत गरि कमाएता पनि सन्तुलन राख्नु पर्ने हुनाले त्यति कमाई नहुन सक्छ l

तेश्रो वर्ग ,अमेरिका नबस्ने l कुनै हालतमा कमाउ l नेपाल फर्क भन्ने मानसिकता लिएर अमेरिका छिरेका हुन्छन l हुन् त प्रारम्भिक चरणमा नबस्ने भए पनि अन्त्यमा अधिकांस मानिसले निर्णय परिवर्तन गर्दछन l

उनीहरुलाई कसैको चासो हुदैन l काम ,काम र काम मात्र l कुनै दुनिया संग मतलब हुदैन l नेपालमा ७ या ९ तला घर बनाउने र भाडा लगाएर या अन्य कुनै ब्यबसाय गरेर जीवन चलाउने उद्देस्य हुन्छ l बैशाख १२ गतेको भूकम्प पछि ७ तला र ९ तला भन्दा पनि १ तला बनाउनु पर्छ भन्ने सोचाई बदलिएको पनि हुन् सक्छ l यिनीहरु सफल पनि हुन्छन l खर्चलाई नियन्त्रण गर्छन र कतै कंचो पनि निकालदैनन् अनि पैसै पैसाको थुर्प्रो l पैसाको बोरा बोकेर नेपाल फर्कन्छन l

१८ घण्टा सम्म दिन रात काम गर्छन l अतिरिक्त काम गर्न पछि हट्दैनन् l अन्यमा खर्च नगरी केवल धन कमाउने तर्फ लाग्छन l अमेरीकामा स्वास्थ्य बिमा चर्को हुनाले त्यो पनि गर्दैनन् किनभने देखा जाएगा भनेर दैनिकी कटाई रहेका हुन्छन l

उनीहरुको बस्ने शैली पनि फरक हुन्छ मिलेर या घर साहुको कुनै बैठक कोठा या स्यानो आश्रय लिएर थोरै पैसामा गुजारा चलाएका हुन्छन किनभने अस्थाई बसोबास गर्ने भन्ने मानसिकता हुन्छ l सुत्ने स्थान मात्र भयो भने उनीहरुलाई पुग्दछ l पूर्ण मितव्ययिता अप्नाउछन l कुखुराको डाकमा हिड्यो अनि मध्यरातमा घर फर्क्यो जस्तो जीवन हुन्छ l अझ ठुला ठुला महानगरमा २४ सै घण्टा जाग्ने शहर हुनाले काममा सम्झौता गर्दैनन् l र अमेरिकन डलरको भाउ बढ्दै गएकोले निकै कमाई हुन्छ र अन्त्यमा स्वदेश करोड पति भै फर्कन्छन l यस्ता काम गर्नेको थोरैको कागजात पनि हुदैन l गैर कानुनि रुपमा अमेरिका बसेका हुन्छन l

तर यिनै मानिस नराम्रो संगतमा फसे सबै टाट भै शाहरुख़ ख़ान को राजु बन गया जेन्टल म्यान जस्तै हुन्छन l

अमेरिका अब भाडा माझ्न मानिस आउदैनन l किनभने जता पनि नेपाली समुदाय भएकोले काम पाउने सम्भावना ज्यादा हुन्छ र नेपाली भएको नाताले बेरोजगार भै भौतारिनु पर्दैन ,नेपालीले सहयोग गर्छन l २ दशक जस्तो अमेरिका छैन ,अहिले l नेपालीहरु प्रसस्त ब्यबसायमा संलग्न छन् l राम्रो आर्थिक कमाई गरि रहेका छन् l

अधिकांस नेपाली समुदायले नेपालमा भएको आफ्नो सम्पत्ति बेच बिखन गरेर व्यापार तथा अन्य काममा लगानी गर्ने गरेका छन् l उताको सम्पत्ति ल्याएर घर किन्ने पनि गरेका छन् l अमेरिकाको नागरिकता लिए पछि नेपालमा घर राख्न हुदैन भनेर घरजम गरेर पनि बस्ने प्रवृति बढ्दै छ l अमेरिकामा पनि नेपालीहरु नेपालको तुलनामा धनाड्य हुदै गरेको अवस्था छ l

एउटा ब्यबसाय गर्नेले राम्रो कमाई गर्दछ भने एउटा बाट २ वटा हुदै अन्य ब्यापार थप्दै कमाई बढ्दै गएको छ l नेपालीहरुको पसल या ईन्धन चौकी (ग्यास स्टेसन ) ३० वटा सम्म पनि चलाएर बसेका छन् l अमेरिकामा आवासीय घर निर्माण कम्पनि संचालन गरि राम्रो कमाई भएका नेपालीहरु पनि निस्केका छन् l

अमेरिकामा कानुन कडा भएकोले गैर कानुनि बाट कमाउने भन्ने प्रश्न नै हुदैन l गैर कानुनी काम गरि ,चोरी गर्ने र अन्य अपराध गतिविधिमा पनि नेपालीहरु परेका छन् l यसो गरेका लाई स्वदेश फर्काएको छ l

अर्को तरिकाले नेपालीहरुले कमाउने भनेको घर भाडा या बहालमा दिने प्रचलन बढ्दै गएको छ l अमेरिकाका बिभिन्न राज्यहरुमा घर किनी आफुलाई चाहिने मात्र कोठा राखी सबै भाडा दिदा कमाई हुने हुन्छ l यसरी पनि मुद्रा कमाउने जुक्ति भएको छ र हुदैछ l एउटा घरमा राति सुत्ने सम्झौतामा पनि घर मुलिले कमाउने गर्छन l ५ वटा कोठामा आफुलाई एउटा कोठा राखी सबै भाडामा दिने पनि देखिएको छ l जसको कारण घरको किस्ता भन्दा डेढ गुणा पैसा कमाई हुन्छ l अनि पैसै पैसा l यसले गर्दा घरको एक सदस्यले काम पनि नगर्नु पर्ने देखिएको छ l यसरी बहालमा दिदा असमझदारी हुने र गोपनियता भंग हुने हुन्छ l सामान्य असमझदारी भएता पनि मुद्रा आर्जन हुने हुनाले त्यसले कुनै असर पनि नहुने हुन्छ l

अनि हरेक बर्ष नेपाल आवत जावत गर्ने मध्ये यिनै वर्ग हुन्छन र ७ तला पनि बनाउने यिनै हुन्छन l अनि अमेरिकामा बस्नेले धेरै कमाउछन भन्ने नेपालमा बस्नेले ठान्दछन l अमेरिकामा सबै भन्दा महँगो घरको किस्ता ३० बर्ष सम्म तिर्दा तिर्दा मानिस कायल हुन्छ l साधारण जीवन यापन गर्नेले घरको किस्ता र अन्य तिर्दा तिर्दै जीवन जाने हुन्छ अमेरिकामा l

घर भाडामा पनि दिने ३ प्रकारमा नेपाली समुदाय छन् l पहिलो ,घर किन्ने ,बहालमा दिने र कमाउने l त्यसमा पनि कति वटा कोठा लगाउने भन्ने हुन्छ l आफ्नो लागि बाहेक सबै कोठा बहालमा लगाउने l यसले गर्दा कमाई राम्रो हुन्छ किनभने दम्पत्ति नै काममा जाने भएकोले अझ कमाई राम्रो हुन्छ l तर परिवारको सदस्यलाई अल्छि पनि बनाई दिन्छ किनभने किन काम गर्ने भन्ने तर्फ जान्छ l घरको किस्ता भन्दा ज्यादा आमदानी आउने भएकोले लोग्ने या स्वास्नीमा एकले काम नगर्ने बिषयमा पनि आपसमा विवाद ,झगडा तथा मनोमालिन्य हुने देखिएको छ l

दोश्रो ,घरको तल्लो तला मात्र भाडामा दिने प्रचलन भएकोले त्यसो गरि कमाइ पनि गरिने हुन्छ जसको कारण घर किस्त्तामा निकै बोझ कम् हुन्छ र कमाइ बचत हुन्छ l यसो गरे नेपालमा घर ठडिन्छ l

तेश्रो वर्गमा घर भाडामा दिने सुन्ने बित्तिकै कन्सिरी तात्छ l घर भाडा दिने बिषयमा पूर्ण खिलाफ हुन्छन किनभने उनीहरु गोपनियता चाहन्छन l घर भाडामा लगाई सके पछि गोपनियता भंग हुने कुरामा भयभित हुन्छन l उनीहरु थोरै कमाई भए पनि चित्त बुझाउछन l सन्तोषम परम सुखम भन्ने सिद्धान्तमा बाचेका हुन्छन l यस्ता वर्गका मानिसले नेपालमा घर बनाउन सक्ने सम्भावना कम् हुन्छ l र ,नेपाल आवत जावत गर्न कठिन हुन्छ l यी वर्गले किस्ता तथा अन्य तिर्दै जीवन घसेटि रहेका हुन्छन l

अमेरिकामा अधिकासं नेपालीहरु पहिलो पुस्ताका छन् भने अब दोश्रो पुस्ताका नेपालीले राम्रो कमाई अवस्य राम्रो गर्ने छन् भन्ने विश्वास लिइएको छ l यसरी पनि कमाई हुने हुनाले सपनाको संसार अमेरिकामा बसी नेपालमा ७ तला घर बनाउने हो या कस्तो बनाउने हो ? त्यो अमेरिकामा बस्ने नेपाली समुदायले सोच्ने कुरा हो l केवल नेपाली समुदायले मात्र हैन अन्य देशका समुदायले पनि बहालमा घर लगाई कमाई खाने भाडो बनाएका छन् l

जसले जे जति कमाई गरे पनि कसैको टाउको नदुखोस किनभने परिवारको आफनै समस्या हुन्छ l अर्काको कमाईको रिस र डाहा गर्नु दरिद्र मानसिकता हुन्छ l आफ्नो समस्या अर्काले आएर समाधान नगर्ने हुनाले जे भयो ठिकै भयो ,जे हुन्छ ठिकै होला भन्ने सम्झनु नै उत्तम l तै चुप मै चुप l अमेरिकामा अर्को चासो नगर्नु भन्ने भएकोले नजाने गाउँको बाटै नसोध्नु नै बेस l

………………………………………………….अस्तु