२०७६ असार २९ देखि साउन ४ गते सम्म (सन् २०१९ जुलाई १४ देखि २० सम्म) साप्ताहिक राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५ साप्ताहिक राशिफल
२०७६ असार २९ देखि साउन ४ गते सम्म (सन् २०१९ जुलाई १४ देखि २० सम्म) सर्वप्रथम यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु
असार २९ गते– प्रदोष व्रत, भानु जयन्ती, रुद्रिपुजा – शिववास) र अग्नीवास तथा होमादी कार्य जुरेको दिन छ , असार ३० गते – विश्व युवा दक्षता दिवस रहेको छ । , असार ३१ गते – पूर्णीमा व्रत, खण्डग्रास चन्द्रग्रहण, गुरु पूर्णीमा रहेको छ । , साउन १ गते – साउने संक्रान्ति, सुर्य दक्षिणायन आरम्भ, लुतो फाल्ने दिन । , साउन २ गते – गुरीया पर्व, बैतडी गुजारमा बनारसी साउने मेला शुरु । , साउन ३ गते – कुनै महत्वपूर्ण दिन वा पर्व परेको छैन । , साउन ४ गते – कुनै महत्वपुर्ण दिन तथा पर्व परेको छैन ।

यो साता ग्रह गोचरको अवस्था : चन्द्रमाले यो साता असार २९ गते वृश्चिक राशि, ३० र ३१ गते धनु राशि, साउन १, २ र ३ गते दिउँसो १ बजेर ५६ मिनेट सम्म मकर राशि र त्यसपछि कुम्भ राशि को भ्रमण गर्नेछन। त्यसैगरि अन्य ग्रहहरु राहु, शुक्र, सूर्य र बुध मिथुन राशिमा, मंगल कर्कट राशिमा, बृहस्पति बृश्चिक राशिमा, शनी र केतु धनु राशिमा गोचर गर्नेछन । ग्रहहरुको यो अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

अब शुरु गरौं साप्ताहिक राशिफल बाट

मेष राशि  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ० – यो साता चन्द्रमा ले तपाईको अष्टम, नवम, र दशम र एकादश स्थानमा गोचर गर्नेछन । समग्रमा मेष राशिका लागि यो साता मिश्रित रहेको छ । स्वास्थ्यमा समस्या देखिन सक्नेछ । टाउको दुख्ने समस्या बढ्ने तथा भाईरलको प्रकोप ले समात्न सक्नेछ । मानसिक चिन्ता बढ्न सक्नेछ । नसोचेको क्षेत्रमा धन खर्च हुन सक्नेछ । घरपरिवार एवं सामाजिक क्षेत्रबाट तपाईको भावना विपरित व्यावहार हुन सक्नेछ । तर सोमबार देखि चन्द्रमाको गोचर भाग्य स्थानमा हुने हुनाले अवस्थामा सुधार हुँदै जानेछ । धार्मीक एवं सामाजिक कार्यमा यात्रामा निस्कने योग छ । व्यापार व्यावसाय का क्षेत्रमा सकारात्मक मिश्रित अवस्था रहनेछ। कतिपय अवस्थामा हुन लागेको काम बिग्रन सक्नेछ । विवाहित व्यक्तिलाई कटुम्ब पक्ष बाट सहयोग प्राप्त हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि सकारात्मक रहनेछ। प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ। सरकारी क्षेत्र सँग सम्बन्धित काम मा भने तपाई लाई ग्रहले साथ दिनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । तुलनात्मक रुपमा आईतबार कमजोर दिन भएपनि अन्य दिनहरु भने शुभ रहेका छन। यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

वृष राशि (, उ, ए, ओ, बा, बि, बु, बे, बो ० – यो साता चन्द्रमाले तपाईको सप्तम भाव, अष्टम, नवम र दशम भावको गोचर गर्नेछन । तपाईका लागि बुध र सुर्यको गोचर धन स्थानमा हुनेछ । व्यापार व्यावसाय गर्नेहरुका लागि शुभ समय रहनेछ । व्यापार वृद्धि हुनेछ । अचानक धन लाभको अवसर आउन सक्नेछ । साझेदारीका कार्य बाट उचित मुनाफा आर्जन हुनेछ । तपाईको सामाजिक दायरा फराकिलो बन्दै जानेछ । भोग विलास एवं विपरित लिंगी साथीका लाखि खर्च बढ्नेछ । सोमबार र मंगलबार अष्टम भावमा चन्द्रमाको गोचर का कारण आफ्नो स्वास्थ्य र बिरोधि सँग लड्नु पर्ने देखिन्छ । बिपरिता लिंगी साथी बाट धोका हुन सक्नेछ । अनावश्यक वाद विवाद मा पर्न सकिनेछ । आफ्नो बोली र व्यावहारमा संयमता अपनाउनु होला । अन्य दिनहरु भने शुभ रहेका छन । धन लाभ हुनेछ ।सरकारी क्षेत्रबाट साथ र सहयोग मिल्न सक्नेछ । आफ्ना साथीभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । परिवार मा मेल मिलाप र एकता कायम हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । प्रेम सम्बन्ध मा यो साता उतारचढाव आउने देखिन्छ। विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह० – यो साता चन्द्रमाको गोचर तपाईका लागि षष्टम, सप्तम, अष्टम र नवम भावमा हुनेछ । यो साता तपाईका चिन्ताका विषयहरु दुर हुनेछन । तपाईका बिरोधिहरुले पनि तपाईको कामको सराहना गर्नेछन । परिवारमा सद्भाव र एकता कायम हुनेछ । तपाईको हरेक पाईलामा परिवार को साथ र सहयोग दरिलो हुनेछ । कुनै पनि कार्यमा एकाग्रताका साथ लगनशिल भएर कार्य गर्न सक्नुहुनेछ। तर बुधबार र बिहिबार भने तपाईका लागि सबल रहेका छन । समाजका प्रतिष्ठित व्यक्तित्वहरु सँग चिनजान हुने अवसर जुट्नेछ। नोकरी एवं व्यापार व्यावसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ अध्ययन अध्यापन कार्य सफल रहनेछ । नोकरी गर्नेहरुका लागि कार्य स्थलमा सकारात्मक बातावरण प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । यो साता तुलनात्मक रुपमा बुधबार र बिहिबार तपाईका लागि कमजोर दिन रहेका छन। चिन्ता बढ्ने र स्वास्थ्य कमजोर हुने एवं धनखर्च बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

कर्कट राशि  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)– यो साता चन्द्रमाको गोचर तपाईका लागि पञ्चम, षष्टम, सप्तम र अष्टम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता सबल रहनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बिद्यार्थीको पढाईमा मन जानेछ । अध्ययन का लागि छात्रवृत्ति प्राप्त हुने योग छ । सन्तान बाट सुख प्राप्त हुनेछ । कलात्मक एवं सिर्जनात्मक कार्यमा तपाईको मन जानेछ । उच्च स्तरकमा बौद्धिक व्यक्तित्वहरु सँग सहकार्य गर्न अवसर जुट्नेछ । ईज्जत र प्रतिष्ठा बढ्नेछ । व्यापार व्यावसाय बाट आर्थीक अवस्था सबल रहने देखिन्छ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जिवनमा समस्या हरु देखिन सक्नेछन । बिशेष गरि नशालु पदार्थको सेवन बाट समस्या आउन सक्नेछ । आफ्नो खान पान मा सजगता अपनाउनुहोला । जिवनसाथी बाट भने सुखदुखमा राम्रो साथ र सहयोग प्राप्त हुनेछ। शनिबार भने तुलनात्मक रुपमा तपाईका लागि कमजोर समय रहने देखिन्छ । यो दिन कुनै पनि महत्वपूर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – यो साता चन्द्रमाले तपाँइको चतूर्थ, पञ्चम, षष्टम र सप्तम भावको गोचर गर्नेछन । यो साता तपाईको सबल रहनेछ। कुनै पनि चुनौती को सामना गर्न तपाई मानसिक रुपमा तयार हुनुहुनेछ । यस किसिमको सोचाईले तपाईको कार्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । तपाईको रचनात्मक विचार एवं सिर्जनशिलताको प्रतिष्ठित व्यक्तित्वहरु बाट सराहना हुनेछ । आम्दानी बढ्नेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । धार्मीक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ । बिशेष गरि सब्जी, फलफुल तथा तरल पदार्थ को व्यापार व्यावसाय बाट बढि मुनाफा आर्जन हुने देखिन्छ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ। विशेष क्षणहरु मा प्रेमीको साथ रहनेछ । विद्यार्थीको पढाई मन जानेछ । तपाईको परिश्रम अनुसार नै अंक प्राप्त हुने योग छ । यो साता तपाईले आफ्नो संवेग लाई नियन्त्रण गर्नु आवश्यक देखिन्छ। उच्च संवेगका कारण समस्या मा पर्न सक्नुहुनेछ । आईतबार तपाईका लागि कमजोर दिन भएकाले कुनैपनि महत्वपूर्ण कार्यको शुरुवात यो दिनमा नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान सुर्य लाई जल चढाउनु एवं सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो ० – यो साता चन्द्रमाले तपाईको तृतीय, चतुर्थ, पञ्चम र षष्टम भावमा गोचर गर्नेछन । सामाजिक क्षेत्रमा तपाईको सक्रियता बढ्नेछ । राजनिती र समाजसेवीहरुका लागि महत्वपूर्ण सेवा गर्ने अवसर जुट्नेछ । आफ्ना बन्धु बान्धव हरु बाट सहयोग मिल्नेछ । तपाईको नेतृत्वदायी क्षमता बढ्नुका साथै आत्मविश्वास पनि उच्च रहनेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवासाय मा उतारचढावहरु देखिन सक्नेछन । जिवन साथीको साथ र सहयोग ले महत्वपूर्ण काम बन्नेछ । परिवारका साथ छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । नोकरी गर्ने हरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईको बलियो प्रभाव रहनेछ । यो साता प्रेम सम्बन्ध मिश्रित रहनेछ । विवाद उत्पन्न भएर बोलचाल समेत बन्द हुन सक्नेछ । सचेत रहनु होला । विद्यार्थीको पढाईमा सकारात्मक अवस्था रहनेछ । यो साता तपाईको सिर्जनशिलता र लगनशिलताको कदर हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि गरिब दुःखी लाई खाना खुवाउनु शुभ हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते० – यो साता चन्द्रमाले तपाईको द्धितीय, तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर गर्नेछन । आर्थीक अवस्था सबल रहनेछ। व्यापार व्यावसाय बाट मुनाफा आर्जन हुनेछ । बाल बच्चाको पढाई लेखाईमा सुधार हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नेछ। आफ्ना दाजुभाई तथा दिदी बहिनी सँगको सम्बन्ध सुमधुर रहनेछ । साथीभाई सँग रमाईलो घुमफिरमा जाने वा खेलकुद जस्ता क्रियाकलापमा सक्रियता हुने देखिन्छ । तपाईको नेतृत्व क्षमता उच्च रहनेछ । सामाजिक एवं राजनितिक क्षेत्रमा समेत तपाइको प्रभाव बलियो हुनेछ । धार्मीक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्ने हरुका लागि सकारात्मक समय रहनेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गर्नुहुनेछ । परिवारमा खुशियाली वातावरण हुनेछ । प्रेम सम्बन्ध सकारात्मक रहनेछ । बिद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । अध्ययनमा मन लाग्ने र पढेको कुरा याद हुने समय रहनेछ । बिहिबार र शुक्रबार तुलनात्मक रुपमा तपाईका लागि कमजोर दिनहरु रहेका छन । यि दिनहरुमा मनमा डर र चिन्ताले डेरा जमाउन सक्नेछ । अनावश्यक कार्यमा धन खर्च हुन सक्नेछ । यि दिनहरुमा कुनै पनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु०– यो साता चन्द्रमाले तपाईको शिरमा, द्धितीय, तृतीय र चतूर्थ भावको गोचर गर्नेछन । यो साता तपाईको सोच सकारात्मक रहनेछ । तपाईको काम गर्ने तरिका देखेर विशिष्ट व्यक्तिहरु समेत प्रभावित हुनेछन । स्वास्थ्य अवस्था सबल रहनेछ । समाजमा ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो तपाईको आत्मसम्मान उच्च रहनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि सञ्चार तथा प्रविधि सँग सम्बन्धित क्षेत्रको कारोबार बाट बढि लाभ हुनेछ । धन बचत हुनेछ। कसैलाई उधारो वा सापटि दिनु भएको छ भने यो साता तपाईले प्रयास गर्नु भएमा फिर्ता आउन सक्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । कार्यस्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । परिवारका सदस्य सँग मनमुटाव भए पनि त्यसले ठुलो रुप लिने छैन । विशेष गरि आफ्नो जिवनसाथी बाट भरपुर साथ र सहयोग हुनेछ । यो साता तपाईको प्रेमी सँग सम्बन्ध थप गाढा हुने देखिन्छ। यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे०– धनु राशिका लागि यो साता चन्द्रमाले तपाईको द्धादश स्थान, शिर, धन र तृतीय भावको गोचर गर्नेछन । यो साता काम का सिलसिलामा यात्रामा निस्कने योग छ । विदेश यात्राका लागि पनि शुभ समय रहनेछ । व्यक्तित्वमा निखार आउनेछ । अवस्थामा सुधार आउनेछ । सिर्जनात्मक एवं तार्कीक क्षमता बढ्नेछ । अप्ठ्यारो परिस्थिती सँग जुध्न सक्नुहुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने एवं बचत पनि हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्न यो साता शुभ रहेको छ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । समाजका महत्वपूर्ण व्यक्तिहरु सँग परिचित हुने अवसर जुट्ने छ । यो साता परिवारका सदस्य विच एकआपसमा विवाद देखिन सक्नेछ । आर्थीक विषयमा सल्लाह नमिल्न सक्नछ । सुमधुर सम्बन्धका लागि इमान्दार हुनु आवश्यक देखिन्छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । विद्यार्थीका लागि अध्ययन कार्यमा मन जानेछ । तपाईको परिश्रम अनुसार नै सफलता मिल्ने योग छ । यो साता तुलनात्मक रुपमा आईबार कमजोर दिन रहने देखिन्छ । खर्च बढ्नेछ भने मानसिक चिन्ताका कारण राति निन्द्र नलाग्ने समस्या देखिन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि०– यो साता चन्द्रमा ले तपाईको लाभ स्थान, द्धाद्धश स्थान, शिरमा र द्धितीय भावमा गोचर गर्नेछन । यो साता तपाईको आर्थीक उन्नती हुनेछ । विशेष गरि व्यापार व्यावसाय का दृष्टिबाट उत्तम रहने देखिन्छ । व्यावसाय विस्तार हुनेछ । नयाँ क्षेत्रमा लगानी हुने एवं नयाँ ठाउँ बाट सामानका लागि अर्डर आएर अचानक धनलाभ हुने योग छ । सन्तान बाट सुख प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ ।नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम सम्बन्ध सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा सुधार हुनेछ । अध्ययनका लागि बिदेशको योजना बनाउनु शुभ हुनेछ । सोमबार र मंगलबार भने तपाईका लागि कमजोर दिन रहनेछन । यि दिनहरुमा अनावश्यक विवाद एवं खर्च बढन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द० – कुम्भ राशिका लागि यो साता चन्द्रमाले दशम, एकादश र द्धाद्धश स्थानको गोचर गर्नेछन । कर्म स्थानमा चन्द्रमाको गोचर ले तपाईलाई नोकरी मा सफलता दिलाउनेछ । कार्य स्थलमा तपाईको अधिकार क्षेत्रमा वृद्धि हुनेछ । उच्च अधिकारी बाट तपाईको लगनशिलताको कदर हुनेछ । नयाँ क्षेत्रका कार्य गरि नयाँ अनुभव हाँसिल गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यावसाय बाट पनि सफल साता रहनेछ । आम्दानीको दायरा फराकिलो हुने देखिन्छ । पारिवार मा खुशियाली छाउनेछ । एक अर्काविच सहयोग र सद्भावको वातावरण कायम हुनेछ । भाईबहिनी सँग भने कतिपय विषयमा विवाद पर्न सक्नेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । उनिहरुबाट अप्ठ्यारो परिस्थितीमा साथ र सहयोग समेत प्राप्त हुनेछ । सामाजिक एवं राजनितीक क्षेत्रमा समेत तपाईको उचाई बढ्नेछ। तपाईका बिरोधि हरुको मनोबल कमजोर हने देखिन्छ । विद्यार्थीको पढाईमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । यो साता तुलनात्मक रुपमा बिहिबार र शुक्रबार तपाईका लागि कमजोर रहनेछन । स्वास्थ्य कमजोर हुने एवं चिन्ता बढ्ने योग छ । यि दिनहरुमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवलाई दुध र जल चढाउनु उत्तम हुनेछ।

मिन राशि  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि०– मिन राशिका लागि यो साता उत्तम रहनेछ । यो साता चन्द्रमाले तपाईको नमव, दशम एकादश र द्धादश भावमा गोचर गर्नेछन । तपाईलाई भाग्यले साथ दिनेछ । आफ्नो पिता बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुने योग छ । यो साता तपाईको व्यस्तता बढ्नेछ । प्रशस्त धन आर्जन हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । बिशेषगरि बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार बाट बढि लाभ हुने देखिन्छ । नोकरी गर्नेहरुका लागि सफल साता रहनेछ । कामको जिम्मेवारी बढ्न सक्नेछ । धार्मीक एवं सामाजिक कार्यका लागि यात्रामा निस्कने योग छ । पारिवारिक जिवन सुमधुर रहनेछ । दाजु भाई दिदी बहिनी का साथै कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुनेछ । परिवारका साथ विभिन्न रमाइला कार्यक्रमा मा सरिक हुने अवसर जुट्नेछ । सुख दुखमा जिवनसाथी को साथ र सहयोग प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा सकारात्मक समय देखिन्छ । तपाईको परिश्रम अनुसार अंक प्राप्त हुने योग छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवलाई जल चढाउनु शुभ हुनेछ ।