बिनोद रानाभाट भाइको जीवनरक्षाको को लागि जापानबाट चलाईएको अभियान सम्बन्धित ज्वाला संग्रौलाको आवाज : #म_बोल्छु!

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनाहरुलाई सामाजिक संजालको भित्ता मार्फत स्टाटस लेखी लाखौ दर्शकहरुको कान सम्म पुराउने एक साहसी समाजसेवी चेली ज्वाला संग्रौलाले स्टाटसमा लेखेकी छन्।

नमस्ते ! बिनोद रानाभाट भाइको जीवनरक्षाको को लागि जापानबाट चलाईएको अभियान यहि 15 तारिक सोमबारको दिन बन्द गरिने जानकारी गराउन चाहन्छु। मेरो अभियानमा आर्थिक र नैतिक समर्थन गरिदिनु हुने हजुरहरु सम्पुर्णमा मुरीमुरी धन्यबाद। अझै इच्छुक महानुभावहरुले 15 तारिक सम्म सहयोग गर्न सक्नुहुनेछ! हजुरहरुले सहयोग गरेको रकम एकएक पैसाको हिसाब सार्बजनिक गरि 16 तारिक नेपालमा बुझाउँने छु! र साथै बिनोद भाईको लागि जतिपनि अभियन्ताहरुले अभियान चलाउनु हुदै छ वहाँहरुलाई पनि धन्यबाद छ।

अभियन्ता देखि बाहेक बिभिन्न सँघसँस्थाहरुले पनि रसिद छापेर पैसा उँठाउँदै गरेको जानकारीमा आएको छ। जजस्ले जहाँजहाँबाट भाईको लागि पहल गर्दै हुनुहुन्छ, कृपया एकसुको तलमाथी नगरी भाईकै उद्दारका लागि पठाईदिनुहोस्। कतिपयले भित्र भित्रै अभियान चलाएर रकम सार्बजनिक नगर्ने र मौकाको फाईदा उठाई ठगहरु मिलेर झ्वाम पार्नै प्रबृति बिगतमा हाबी भएकोले यो पटकबाट कसैले पनि चोरीचकारी नगरी इमानदार भएर काम गरिदिनुहुन पनि बिनम्र अनुरोध गर्दछु। खाडीमा ५० डिग्री घाममुनी संघर्ष गर्ने हाम्रा दाजुभाईको इमान र पसिनाको कमाईलाई यदि कुनै ब्यक्ति या सँस्थाले डाकागिरी गरेर दुरुपयोग गरेको भेटिएमा त्यस्को परिणाम तिनीहरुल् सोचेको भन्दा पनि खराब हुने छ। आफू इमानदार बनौं, देशमा बेइमानहरुको जनसंख्या आफसे आफ शुन्यमा झर्नेछ!! जयदेश !
#म_बोल्छु!!