आज प्रहरी हेडक्वाटर पुगि प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालसंग जातीय बिभेद गर्ने विरुद्ध ध्यानाकर्षण ।

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। उनी प्रहरी हेडक्वाटर पुगि प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालसंग जातीय बिभेद गर्ने विरुद्ध ध्यानाकर्षण गराउदै उनले सामाजिक संजालमा लेखेकी छन्।

फेसबुक स्टाटस जस्ताको तस्तै!

आज प्रहरी हेडक्वाटर पुगि प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालसंग जातीय बिभेद गर्ने विरुद्ध ध्यानाकर्षण। कसैको ब्यक्तीगत रिसिबी होस् या दुई बिचको बिबाद होस् ती र त्यस्ता विषय उनिहरु कै समस्या र उनिहरु बिच मै सिमित रहनु पर्छ र रहोस् पनि ।

तर गलबन्दी गितबाट सिर्जित प्रकाश सपूत र सम्भु राइको विषय सामाजिक संजाल भरी नै सिङ्गो दलित समुदाय माथी जातीय विभेद जन्य र गाली गलौज र अपमान जन्य स्टाटस र कमेन्टहरु गरि जातीय बिभेदलाइ फेरि सामाजिक संजालमा सारिदिए र हाम्रो समुदाय माथिको आत्मसंम्मानमा लागेको चोट र अपमानको घाउको महसुस गर्न कसैले सक्दैनन् ।

अझै पनि बिश्व घुम्ने र आफुलाइ सभ्य भन्ने युवाहरुले यस्तो शब्द र व्यबहार देखाउदा २१ औं सताब्दिमा हामी कहाँ छौ ? हाम्रो सोच कुन स्तरमा छ भन्नी कुरा झल्काउछ । सामाजिक संजालका राजा ठान्नेहरुलाई एकपटक हटकडी लगाएर अनुहार हेर्न मन छ अनि मात्र चैनको निन्द्रा आउँछ मलाई ।

सडक देखि सदन तात्यो तर यिनिहरु पक्डिएनन् । आज फेरि यहि विषय लिएर प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल संग यो विषयलाई गम्भीरता पुर्बक लिइदिन अनुरोध गरेकी छु ।

आसा गरौ ढिलो छिटो कानुनी दायरामा आउने छन् ती ब्यक्तिहरु । आज धेरै छलफल भयो बर्तमान दलित समुदायको अबस्था , जातीय बिभेदका घटना , अनि प्रशासनले जातीय बिभेदका घटना प्रमाण छैन भनी दर्ता नगर्ने समस्या देखि धेरै छलफल भयो ।

म वहाँलाई SSP हुदा देखि नै जातीय बिभेदका मुद्दा बोकेर जान्थे र आजसम्म मैले जातीय बिभेद गर्ने धेरैलाई कानुनी दायरामा केही दिनको लागि भए पनि ल्याउन सफल भएकी छु ।

जसमा सर्बेन्द्र खनालको सहयोग , साथ र सुरक्षा पनि छ । आजको भेटघाटले झनै एउटा उर्जा र थप जातीय बिभेद विरुद्ध अझ केही गर्न सहयोग थपिएको महसुस भएको छ । यो मुद्दालाई गम्भीरतापुर्बक लिइदिनु भएको छ I हेरौ अब पर्खौ समयलाई ।

धन्यवाद ! सरु सुनार