बाँचे खाने भातै हो गणे इशाराले ल्याए (भिडियो सहित)

काठमाडौं । नेपाली हाँस्य ब्यङ्ग्य क्षेत्रमा नाम कमाएका कलाकार हुन् कलाकार गणेश इशारा । उनी हरेक खालका अभिनयमा दख्खल राख्छन् । हाल एक अक्षय कोषको स्थापनाका निम्ति देशब्यापी “गणेश इशारा अल नेपाल एकल कमेडी शो” को अभियानमा रहेका यी नै गणेश इशारा र सुरती राईको अभिनयमा एउटा गीतको भिडियो सार्वजनिक भएको छ । “बाँचे खाने भातै हो, मरे लाने घाटै हो” बोलको पुर्बेली गीतको भिडियो सार्वजनिक भएको हो ।

पुर्बेली जुनतारा म्युजिकले अडियो भिडियो सार्वजनिक गरेको उक्त गीतमा शिखर गजरकोटेको शब्द रहेको छ भने प्रियजन राईको लयमा प्रियजन राई र ईन्द्रकला राईको स्वर रहेको छ । सन्तोष प्रगाढको संगीत संयोजनमा गोविन्द सोनीले मास्टरिङ र मिक्सिङ गरेका छन् । नरेश ऐरको छायाँकनमा प्रियजन राईले नै निर्देशन गरेको भिडियोमा ज्याक गुरुङ, पदम अधिकारी, ईन्द्र आले र सुदिप यसमालीको समेत अभिनय रहेको छ भने तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् ।

बाँकी हेर्नुहोस् यो भिडियोमा