मोडलहरुलाई यसरी दिईदैछ प्रशिक्षण : पुर्वाञ्चल फेसन शोको तयारी अन्तिम चरणमा (भिडियो सहित)

ईटहरी/ ईटहरी र ईटहरी आसपासमा छरिएर रहेका युवायुवती भित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेसन शोमा अभिभावकको नराम्रो दृस्ठिकोणलाई हटाउने उद्देश्य सहित ईटहरीमा गर्न लागिएको “नेपाल टुर : पुर्वान्चल फेसन शो” को तयारी अन्तिम चरणमा पुगेको छ । साथै र्याम्पमा सहभागी हुन अडिसन पार गर्दै आएका ३० जना नया तथा पुराना फेसन मोडलहरुलाई प्रशिक्षणको कार्य पनि अन्तिम चरणमा पुगेको आयोजक सस्थाका संचालक तथा कोरियोग्राफर रबि लामा तामाङले जानकारी गराए । हेर्नुस् ट्रेनिङको गतिविधि समाबेश गरिएको भिडियो ।

अडिसनमा फेसन शोको लागि ईटहरीमा नया अनुहार देखि र्याम्प गरिरहेका युवायुवतीको पनि सहभागीता रहेको छ । विभिन्न फेसन शो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रीयसनले पहिलो पटक ईटहरीबाट नेपाल टुरको आयोजना गरेको हो ।ईटहरीको शो सम्पन्न गरे लगत्तै चितवनमा कार्यक्रम आयोजनाको गृहकार्य पनि सुरु भएको क्रीयसनका मोडल तथा आयोजक सुरेश थापा मगरले जानकारी गराए ।

यहि असारको २७ गते मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा सम्पन्न हुन लागेको फाईनल शोमा लाईभ कन्सर्ट साथै डिजे पूल पार्टी पनि हुनेछ । डिजे पुल पार्टीका लागि ५०० टिकट निर्धारण गरिएको छ भने फेसन शोका लागि ५०० टिकट निर्धारण गरिएको छ । यदि डिजे पुल पार्टी संगै फेसन शो हेर्न चाहनेहरुको लागि १००० को टिकट निर्धारण गरिएको छ । शोको लागि ‘शो टपर’को रुपमा युथ क्रियशनकै आयोजनामा भैरहेको मिस हेरिटेज क्वीन नेपाल र मिस्टर एण्ड मिस बेस्ट मोडलका विनर आउनेछन भने कठमाण्डौबाट पनि शोमा र्याम्प गर्न दर्जन बढि फेशन मोडलहरु आउने रविले बताए ।

शोमा आयोजकले र्याम्पमा पुर्वाञ्चलको लागि पहिलो पटक नया स्वाद पनि दिने जनाएको छ । ‘हेण्डिक्राफ़्ट हेरबिन’ सहित स्विक्येन्समा मोडलहरुले र्याम्प वाल्क गर्दै नया स्वाद दिनेछन । शोमा चर्चित गायक कमल खत्रीको विशेष प्रस्तुती सहित स्थानिय गायक तथा कलाकारको पनि प्रस्तुति रहने छ । फेसन शो साझ ६:३० देखि सुरु हुनेछ । तर डिजे पुल पार्टी भने दिउसो ३ बजेबाटै सुरु हुनेछ । युथ क्रीयसन नेपाल काठमाडौको आयोजनामा हुन लागेको फेसन शोमा मार्टिना मेकअप स्टुडियो ईटहरी मेकअप पार्टनर, डि डिजाईनर ईटहरी बुटिक पार्टनर, डिथ्री अनलाईन र डिथ्री फोटोग्राफी फोटोग्राफर तथा मिडिया पार्टनर रहेको छ ।