विदेशमा कमाएर गरेको लगानी धरापमा ! तुईनको विकल्प खोई ?

पोखरा । नेपाल सरकारले मुलुकबाटै तुइन विस्थापन गर्ने नीति अनुसार पोखरा महानगरपालिकाको वडा १७ र २१ बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन गत शुक्रबार हटाइएयो । बंगुरका दाना लगायतका सामाग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी जोखिमपूर्ण तवरबाट ओहोरदोहोर गरेको पाइएपछि तुइन हटाउन बिहीबार प्रशासनले निर्देशन दिएको थियो । तुईन हटाईएपछि भने बंगुर फार्ममा समस्या परेको छ । बंगुरको लागि आवश्यक दाना फार्म सम्म पु¥याउने विकल्पका रुपमा रहेको तुईन प्रशासनले हटाएपछि दानाकै अभावले ४ वटा बंगुर मरेको फार्म सञ्चालकले बताए ।
आफुहरुलाई विकल्प नै नदिई तुईन हटाएको भन्दै विदेशबाट आएर नेपालमा स्वरोजगार बन्न खोजेपछि सरकारले फेरी विदेश नै पठाउन खोजेकोमा दुःख व्यक्त गरे । थप भिडियोमा