चन्द्रग्रहण २०७६ असार ३१ गते बारे विशेष जानकारी

बज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५
चन्द्रग्रहण २०७६ ले कुन राशि लाई के कस्तो असर गर्छ ?
यहि असार ३१ (जुलाई १६) गते का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । आषाढ शुक्ल पक्ष गुरु पूर्णीमा का दिन खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण एशिया, युरोप, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण अमेरिका र उत्तर अमेरीका को पूर्वी भाग बाट देखिनेछ । उत्तर अमेरिकाको उत्तर र पश्चिम भाग र ग्रिनल्याण्ड बाट देखिने छैन। करिब ३ घण्टा लाग्ने चन्द्र ग्रहण नेपाली समय अनुसार मध्य रात १ बजेर ४६ मिनेटमा ग्रहण स्पर्श हुनेछ। राति ३ बजेर १५ मिनेट मा मध्य समय र मोक्ष ४ बजेर ४५ मिनेट मा हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि असार ३१ गते मंगलबार दिउँसो ४ बजेर ४६ मिनेट देखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।
यो चन्द्र ग्रहण उत्तरषाढा नक्षत्र, वैधृती योग, विशिष्ट करण तथा धनु र मकर राशिमा चन्द्रमा को गोचर हुँदा लाग्नेछ । यो ग्रहण धनु राशिमा रहँदा केतु र शनि सँग युती सम्बन्ध हुनेछ । मिथुन राशिबाट सुर्य, राहु र शुक्र को दृष्टि रहनेछ । राहु र केतु बाट अन्य ग्रहहरु समेत पिडित बन्ने हुनाले ज्योतिषीय दृष्टिकोण बाट यो चन्द्र ग्रहण खराब मान्न सकिन्छ । यसबाट विषेश गरि अतिवृष्टि, अनावृष्टि एवं प्राकृतिक विपत्ति को अवस्था आउन सक्नेछ ।

यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । चन्द्र ग्रहणको प्रभाव शासन पद्धती मा पर्ने देखिन्छ । मन्त्री लगायत सरकारी अधिकारी हरुको कार्यमा विचलन आउनाले जनगुनासो बढ्न सक्नेछ । उनिहरुको जिम्मेवारी समेत हेरफेर हुन सक्नेछ ।
चन्द्रग्रहण को युती मंगल बुध बाट षडाष्टक योग बन्छ । यसले जलवायु परिवर्तनमा विषेश असर पार्न सक्नेछ । राजनितिक रुपमा हेर्दा नेता हरु विच मनमुटाव बढ्न सक्नेछ भने निर्णय प्रक्रियामा ढिलाई हुनेछ ।

धनु राशि र मकर राशिमा ग्रहण लाग्ने हुनाले यि राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।
मेष राशि मान नाश , वृष राशि कष्ट , मिथुन राशि स्त्रीपिडा , कर्कट राशि सुख , सिंह राशि चिन्ता , कन्या राशि व्यथा , तुला राशि श्रीप्राप्ती , वृश्चिक राशि क्षती , धनु राशि घात , मकर राशि व्यय , कुम्भ राशि लाभ , मिन राशि सुख

यो चन्द्र ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मिन राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्छ ।

जुलाई ७ देखि १३ तारिक सम्म यस्तो छ तपाईको भाग्य । तुरुन्त हेर्नुहोस । Weekly Horoscops